अमेरिकामा सिकेको कुरा नेपालमा लागु गर्ने प्रहरी प्रवक्ताको प्रतिवद्धता


प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार

अमेरिका भ्रमणमा रहनुभएका नेपाल प्रहरीका प्रवक्ता एवं डिआईजी विश्वराज पोख्रेलले अमेरिकाको भ्रमण, अवलोकन र औपचारिक प्रशिक्षणबाट धेरै कुरा सिकेको र त्यो नेपालमा फर्केर लागु गर्ने बताउनुभएको छ । न्युयोर्कमा आयोजित स्वागत र भेटघाट कार्यक्रममा उहाँले अमेरिकाबाट सिकेको कुरा व्यवहारमा लागु गर्ने बताउनुभएको हो ।

कार्यक्रममा नेपाली प्रतिनिधिहरूले प्रश्नोत्तर सेसनमा सोधेको शान्ति सुरक्षा सम्बन्धी गम्भीर प्रश्नहरूको सबिस्तार र सहज जवाफ डिआईजी पोख्रेलले दिनु भएको थियो। प्रहरी र नागरिक समाजलाई फरक कित्तामा राखेर हेर्न नहुने भन्दै नेपाल प्रहरी प्रवक्ता डिआईजी पोख्रेलले देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिक समुदायको सहकार्य अपरिहार्य हुने बताउनु भएको छ।

प्रहरीले भ्रष्टाचार गर्ने आफ्नै बहालवाला डिआईजीसम्मको उच्च पदको अफिसरलाई गिरफ़्तार गरेको र तल्लो तहको स्टाफलाई २ सय घुस लिएकै आधारमा जागिरबाट बर्खास्त गरेको भन्दै कुनै पनि अपराध र भ्रष्टाचार गरी कानुन उल्लंघन गर्नेलाई जिरो टलरेण्ट नीति अन्तर्गत कारवाही गर्दै आएको उल्लेख गर्नु भयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिआईजी पोख्रेलको टोलीका नेपाल प्रहरीको तीन एसपीहरू र बन बिभागका ५ जना प्रतिनिधि मण्डल अमेरिकी सरकारको बन्यजन्तु संरक्षण सम्बन्धि एक महिने तालिम लिन आएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com