डा. सन्दुक रुइत अस्पताल भर्ना !


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

देशभर फैलिएको सरुवा रोग डेंगुले काठमाडौंमा महामारीको रुप लिने संकेत देखाएको छ । हजारौं मानिसलाई प्रभावित बनाइसकेको यो रोगले आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई समेत संक्रमण बनाएको छ ।

उनी अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ  भर्ना हुनु भएको छ । उहाँसँगै परिवारका तीन जना सदस्य पनि संक्रमणका कारण अस्पत्ताल भर्ना भएको श्रोतले बताएको छ ।

देशभर ४८ भन्दा बढी जिल्लामा डेगुंका बिरामी फेला परिसकेका छन् । ५ हजारभन्दा बढीमा यसको स‌ंक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालमा पनि डंगुको संक्रमण देखिएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com