अवैतनिक महावाणिज्यदूत ढकालको प्रत्यक्ष सहयोगमा क्यालिफोर्नियामा कन्सुलर सेवा


प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार

क्यालिफोर्नियामा नेपाली दूतावास वाशिंगटन डि सी र अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रत्यक्ष सहयोगमा दुईदिने कन्सुलर सेवा प्रदान गरिएको छ । एन आर एन अमेरिका र नान्सको आयोजनामा कन्सुलर सेवा प्रदान गरिएको हो ।

अगस्ट ३१ देखि सेप्टेम्बर १ दुई दिन क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियाको सान पाब्लोमा कन्सुलर सेवाको कार्य सम्पन्न भएको हो । यस कार्यक्रममा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरले स्थानिय सामाजिक सस्था नर्दन क्यालिफोर्निया नेपाली संघसँग सहकार्य गरेको हो ।

कार्यक्रम प्रत्यक्ष रुपमा पश्चिमी क्षेत्रका १७९ जना नेपालीले लाभ लिएका थिए । यो कार्यक्रम सम्पन्न गर्न नेपाली राजदुतावास ले आफ्ना तीन जना कर्मचारीहरू प्रथम सचिव चक्र सुबेदी , सहचारी जनक सिंह र रामजी दाहाललाई खटाएको थियो ।

उक्त क्षेत्रका अबैतानिक महाबाणिज्यदुत ऋषि ढकालको सक्रिय सहभागिता रहनुका साथै उक्त कार्यक्रमको व्यवस्थापन र संयोजन एनआरएएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल र नर्दन क्यालिफोर्निया नेपाली संघका अध्यक्ष इश्वर सिटौलाले मिलाउनु भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com