अमेरिकी अध्यागमन अदालतमा नयाँ नियम, फैसला ढिलो हुने मुद्दा न्यायाधिसबाट खोसिने


प्रकाशित मिति : भाद्र १०, २०७६ मंगलबार

सोमबारदेखि लागु हुनेगरी अमेरिकाको न्याया मन्त्रालयले अमेरिकी अध्यागमन अदालत प्रणालीमा नयाँ नियमको घोषणा गरेको छ । जुन नियम अन्तरगत अध्यागमन अदालतमा गरिएका अपिलबारे ९० वा १८० दिनभित्र न्यायाधिसले फैसला नगरे त्यस्ता मुद्दा एक्जुकेटिभ अफिस फर इमिगे्रशन रिभ्युका अफिसरले खोसेर फैसला गर्न सक्नेछन् ।

नयाँ नियमले अमेरिकाको अध्यागमन अदालत प्रणाली हेर्ने एक्जुकेटिभ अफिस फर इमिगे्रशन रिभ्युका डाइरेक्टरले धेरै तजबिज अधिकार दिएको छ । हाल उक्त एजेन्सीका निर्देशन जेम्स म्याकहेन्री रहेका छन् ।

जुनको अन्त्यसम्ममा अमेरिकाको अध्यागमन अदालतमा ९ लाख ४५ हजार भन्दा धेरै मुद्दाहरु विचाराधिन अवस्थामा रहेका छन् ।

उक्त नियम अन्तरिम रहेको छ भने कमेन्टका लागि समेत आग्रह गरिएको छ । नियमबारेका कमेन्ट आगामी अक्टोबर २५ भित्र पठाइसक्नुपर्नेछ ।

सोमबारदेखि कार्यान्वयनमा आएको नियमको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com