अमेरिकामा मारिएका बजगाईका हत्यारालाई ६० बर्ष कैद, २५ हजार डलर जरिवाना


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

– विजय थापा

अमेरिकामा मारिएका स्व रेशम बजगाईका हत्यारालाई भर्जिनियाको अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिवानाको सजाय सुनाएको छ । माना सुनाएको छ । गत बर्ष अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन बजागाईको हत्या भएको थियो ।

उक्त फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले सुनाएको हो । जुरीले ६० बर्षको र २५ हजार डलरको सिफारिस गरे पछि न्यायधिसले उक्त निर्णय सुनाएका हुन् ।

रेशमका पक्षका वकिलले हत्यारालाई जन्म कै सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० बर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने बिषयमा दुवै पक्षका वकिलहरुको बहस भएको थियो ।

तर जुरीले उनीहरुको दाबीलाई नकार्दै हदै सम्मको सजाय सुनाएका थिए । हत्यारा आगामी नोभेम्बर २२ मा जेल जाने छन् । भर्जिनियाको हरन्डन शहर स्थित सुनोको ग्यास स्टेसनमा स्व रेशम बजगाईलाई फायर एक्सटिनगुईसरले हिर्काएर हत्या गरिएको थियो । माथिल्लो भागमा ज्यादा चोट पटक लागेको कारण बजगाईको मृत्यु भएको थियो । त्यसको साथै अन्य फलामे चिज तथा घाँटी न्याकेको समेत प्रमाण फेला परेको छ ।

फैसला हुनु अघि घटनाको सम्पूर्ण प्रमाण अदालतका न्यायाधिसलाई देखाईएको थियो । यसको फैसला दुई चरणमा गरिएको थियो । पहिलो चरणमा हत्यालाई फस्ट डिग्री हत्याको किटानी गरियो ।फस्ट डिग्री हत्याको लागि कम्तिमा २० बर्ष र बढीमा जन्म कैद हुन्छ ।

दोश्रो चरणको सुनुवाई पछि ६० बर्षको कैद र २५ हजार डलरको जरिवाना सुनाईएको हो । प्रहरीले गत बर्ष नै हरन्डन शहर कै किनमेल बजारको कार पार्कबाट अभियुक्त हत्यारा मोहमद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो । उनलाई फस्ट डिग्री हत्याको आरोप लगाई ६० बर्षको कैद सुनाएको हो ।

नेपाली मूलका ४० बर्षिय स्व रेशम बजगाईलाई गत बर्ष बुधबारका दिन बिहान १ बजेर १५ मिनेटमा हत्या गरेको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो । मृतक बजगाई सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनि उक्त सुनोको ग्यास स्टेसनमा हप्तामा एक पटक मात्र काम गर्ने र त्यही दिन काम गर्न आएका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व बजगाई आफ्नी जीवन संगिनी तथा ६ बर्षिय छोरी संग बस्दै आएका थिए । हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com