अमेरिकामा गम्भिर बिरामीलाई २ बर्ष बस्न दिने सुविधा युएससीआईएसले नदिने


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसका फिल्ड अफिसले गम्भिर बिरामी भएका आप्रवासीलाई अमेरिकामा उपचारका लागि दुईवर्ष बस्न दिने सुविधाका लागि दिइएका आवेदन आफूहरुले नहेर्ने जनाएका छन् । अब त्यसबारेका निर्णयहरु इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले गर्ने युएससीआईएसको भनाई छ ।

गम्भिर बिरामी भएर अमेरिकामा देशनिकालाको डर विना कम्तीमा २ बर्ष बस्नका लागि दिइएका आवेदनहरु युएससीआईएसले अस्वीकृत गरिरहेको छ । उक्त प्रयोजनका लागि युएससीआईएसले तय गरेका अन्तरवार्ताहरु पनि रद्द गरेको छ । मेडिकल डिफर्ड एक्सन नामको सानो कार्यक्रमले गम्भिर प्रकारको मेडिकल अवस्था प्रमाणित गर्नसक्ने आवेदकलाई दुईबर्ष अमेरिकामा बसेर उपचार गर्न दिदै आएको थियो ।

भिसा वा अन्य तरिकाले अमेरिकामा आएर गम्भिर प्रकारको उपचारको सामना गरिरहेका आप्रवासीहरु यसरी आवेदन अस्वीकृत हुँदा प्रभावित हुन पुगेका छन् । युएससीआईएसले आवेदन अस्वीकृत गर्दै ३३ दिनभित्र अमेरिका छाड्न आवेदकलाई चेतावनी समेत दिएको छ ।

नयाँ प्रावधानले अमेरिकामा लामो समय बसेर गम्भिर रोगको उपचारमा कठिनायी हुने भएको छ । यद्यपी मेडिकल प्रयोजनको बीभिसामा आएर भिसा अवधि बाँकी हुन्जेल वा भिसाको अवधि थपेर भने उपचार गर्न पाइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com