न्यु ह्याम्पशायरमा विश्व आदिवाशी दिवश


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

अमेरिकाको न्यु हेम्प्शयार राज्यमा आदिवाशी जनजाती महासंघ नेपाल इन अमेरिका फिपना न्यु हेम्प्शायर लोकल च्याप्टरले विश्व आदिवाशी दिवश भब्यताका साथ सम्पन्न गरेको छ । बिभिन्न आदिवाशी जनजाती हरुको नाच, भेष भुषा र आदिवाशी पहिचान झल्कने अन्य कार्यक्रमहरु प्रस्तुत गरिएको उक्त कार्यक्रमको सभापति न्यु हेम्प्शायर लोकल च्याप्टर सभापति सुन्दरी गुरुङले गर्नु थियो ।

त्यस्तै संयुक्त रास्ट्र संघका लागी नेपाली स्थायी प्रतिनिधी राजदुत अमृत राई प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा अन्य संघ संथाको प्रतिनिधी हरु हुनु हुन्थ्यो भने बिभिन्न महानुभावहरुले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । उक्त सभालाई संबोधन गर्नु हुदै राजदुत राईले अबको भावी नेपाली अमेरीकन पुस्ताले अमेरीकाको राजनीतीमा संलग्न हुनु पर्ने कुरा बताउनु भयो ।

उहाले सात समुन्द्र वारी,सपनाको देशमा आएर पनी नेपाली पन बचाउनु भूमिका खेलेकोमा फिपना लाई धन्यवाद दिनु भयो । अर्का वक्ता मिचीगण युनिभर्सिटीका प्रोफेसर डा, महेन्द्र लावतीले बिस्व भरका आदिवाशीको समस्या उसतै रहेको हुँदा संयुक्त रास्ट्र संघले अगस्त ९ लाई विश्व आदिवाशी दिवश घोसणा गरेको हो ।

नेपाल सरकार यसको सदस्य रास्ट्र भएर पनि आदिवाशी हरुको अधिकार प्रती बेवास्ता गरेको उदाहरण अहिलेको लोकसेवा आयोग काण्ड हो भन्नु भयो । अन्य वक्ता हरुमा एन आर एन अमेरिकाका बोर्ड मेम्बर छत्रा गुरुङ,एन आर एन अमेरिकाका पुर्व सभापति शिब राई, नेपाली कम्युनिटी रोड आइसल्याण्डका सभापती उत्सब श्रेष्ठ लगायत हुनु हुन्थ्यो ।

वृद्द बृद्दा द्वारा सामुहिक रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाल र अमेरिकाको रास्ट्रिय गान बजाइएको थियो । नेपालका आदिवाशीहरुको बिभिन्न झाँकी र नेपाली नाचगानले कार्यक्रम उल्लासमय भएको थियोरसभाको विसर्जन गर्नु हुदै सभापती सुन्दरी गुरुङले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सुरेश चाम्लिङ्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com