नेपालमा ‘सेलेब्रिटी’, ‘भाईरल म्यान’ र ‘युट्युबर’ ले ‘भर्डीक्ट’ जारी गर्ने खतरनाक अराजकता


प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार

 – शैलेश श्रेष्ठ

“सेलेब्रिटी”, “भाईरल म्यान” र “युट्युबर” हरुले “भर्डीक्ट” जारी गर्ने खतरनाक अराजक संचारले नेपालमा बिस्तारै जरो गाड्न लागेको स्थिति अहिले स्पष्ट देखिन थालेको छ ।

यसरी भींडले न्याय दिने प्रयन्त या अभ्यास हुनु भनेको स्वतन्त्र संचारका लागि मात्र होइन हामीले प्राप्त गरेको लोकतन्त्रकै लागि अनिष्टको प्रारम्भिक संकेत पनि हो । कैयन अवस्था र प्रसंगहरुमा त्यस्ता युट्युबरहरुले किटान गरेरै फलानो दोषी या अपराधी हो सम्म भन्ने गरेकाछन, त्यो संचार हुँदै होइन त्यो त सामाजिक अराजकता हो ।

पत्रकारिताको सामान्य ज्ञान, चेतना र आचरणसम्म नभएका “युट्युबर” हरुले सम्प्रेषण गरेका “क्राईम रिपोर्ट” हरु त्यसका पछिल्ला नग्न उदाहरणहरु हुन । 


एकातिर वर्तमान सरकार मिडिया काउन्सिल बिधेयक मार्फत स्वतन्त्र संचारको गला निमोठ्न उद्दत भएको छ भने अर्को तर्फ यस्ता अराजक र असहिष्णु “सेलेब्रिटी”, “भाईरल म्यान” र “युट्युबर” हरुले हरेक खाले गम्भीर मुद्दाहरुलाई प्रभाव पार्ने गरि भर्डीक्ट जारी गर्दैछन ।

यस्तो लाग्दछ त्यो युटोपियन साम्राज्यमा प्रहरी, प्रशासन र सरकारको खास आवश्यकता नै छैन । यी दुवै खाले अतिबाद लोकतन्त्रका दुस्मनहरु हुन ।

लेखक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com