ट्रम्प प्रशासनबाट आप्रवासी परिवारलाई अनिश्चितकाल अध्यागमन जेलमा राख्न अनुमति


प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार

ट्रम्प प्रशासनले कागजपत्रविहिन आप्रवासी परिवारलाई अनिश्चितकालसम्म अध्यागमन हिराशतमा राख्न सकिने प्रस्ताव बुधबार सार्वजनिक गरेको छ । अहिलेसम्म बालबालिकासहितका आप्रवासी परिवारलाई २० दिनसम्ममात्र अध्यागमन हिराशतमा राख्न सकिने नियम रहेको छ ।

होमल्याण्ड सेक्युरिटीका अधिकारी केभिन म्याकएलिनानले उक्त प्रस्ताव सार्वजनिक गरेका हुन् । पछिल्ला केहीमहिना यता ट्रम्प प्रशासनले आप्रवासीलाई ग्रिनकार्ड प्राप्त गर्न निकै कठिन हुनेगरी एकपछि अर्को नियमको घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफू सिमाक्षेत्रमा अमेरिका प्रवेश गर्ने कागजपत्रविहिन बालबालिकाका सन्दर्भमा चिन्तित रहेको बताउँदै नयाँ नियमले परिवारलाई एकसाथ राख्ने बताएका छन् । परिवारलाई अलग बनाउने कार्यक्रमका लागि बराक ओबामा जिम्मेबार रहेको आरोप समेत ट्रम्पले लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्लोर्स सेटलमेन्ट नामको पूरानो नियम अनुशार सरकारले नन लाइसेन्स अध्यागमन हिराशतबाट कागजपत्रविहिन बालबालिकाहरुलाई जतिसक्दो छिटो रिहा गर्नुपर्ने प्रावधान रहेको थियो, जसको अधिकतम अवधि २० दिन तोकिएको थियो । तर नयाँ नियमले यो अवधिलाई बढाएर अनिश्चितकाल बनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com