सर्किट कोर्टले टीपीएसबिरुद्ध फैसला गरे के हुन्छ ?


प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार

क्यालिफोर्नियाको नाइन्थ सर्किट कोर्टमा टीपीएसबारेको मुद्दाको सुनुवाई गरिएको छ । अब सबैले मुद्दाबारे हुने फैसलाको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।

यदि सर्किट कोर्टले टीपीएस खारेज गर्ने फैसला गरेको खण्डमा र त्यो निर्णय अन्तिम रहेको खण्डमा टीपीएस खारेज गर्ने ट्रम्प प्रशासनको पुरानो निर्णय कार्यान्वयनमा आउनेछ । तर सम्बन्धित देशका नागरिकहरुलाई अमेरिका छाड्नका लागि १२० दिनको अवधि प्रदान गरिने अमेरिकी सरकारले जनाएको छ । अदालतको आदेशले टीपीएसको खारेजीमा केही प्रावधानहरु उल्लेख गरेमा भने त्यो प्रावधान अनुशार नै अगाडि बढ्नेछ ।

टीपीएस खारेज हुने फैसला हुने बित्तिकै १२० दिनको अवधि सुरु भने नहुने जनाइएको छ । कहिलेदेखि १२० दिनको अवधि सुरु हुने भन्ने सन्दर्भमा युएससीआईएसले सेवाग्राहीहरुलाई जानकारी गराउनेछ । उक्त संक्रमणकालिन अवधिमा टीपीएस सकिएका देशका नागरिकले अमेरिकामा रहने अन्य कानुनी बाटो नरोजेको भएमा वा बैध कानुनी अवस्था नरहेको खण्डमा अमेरिका छाड्नुपर्नेछ । उनीहरु अमेरिकाबाट देशनिकालाका लागि योग्य हुनेछन् ।

गत बुधबार झण्डै २ घण्टा लामो सुनुवाईका क्रममा दशौं हजार आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयका सन्दर्भमा तीनजना न्यायाधिसहरुको घम्साघम्सी परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाइन्थ सर्किट कोर्ट अफ अपिलले टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयबिरुद्धका तर्कहरु सुनेको थियो । सुडान, एल साल्भाडोर, हैटी र निकारागुवाको टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयका सन्दर्भमा अपिल कोर्टमा सुनुवाई भएपनि यसले नेपाल र होण्डुरसको सन्दर्भमा समेत प्रभाव पार्नेछ ।

ट्रम्प प्रशासनको निर्णय जातीवादबाट प्रेरित भएको सन्दर्भमा गरिएको तर्कमा न्यायाधिसहरु दुबिधामा परेका थिए । साथै नर्थ डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाले जारी गरेको प्राथमिक आदे खारेज गरिएमा टीपीएसवाहकको अवस्था के हुने भन्नेबारे समेत प्रश्न गरिएको थियो ।

खासगरी बुधबारको सुनुवाईमा अदालतको प्राथमिक आदेश पुनरावेदन अदालतले खारेज गरिदिएमा कस्तो अवस्था आउने भन्नेबारे चासो व्यक्त गरिएको थियो । टीपीएस खारेज गर्ने सरकारी निर्णयबिरुद्ध मुद्दा दायर गरेका रामोसले प्राथमिक आदेश खारेज गरिएमा पनि आफूहरुले लडाई जारी राख्ने बताएकी थिइन् ।

क्रिस्टा रामोश अमेरिकी नागरिक हुन् । उनले टीपीएसबाट संरक्षित आफ्नी आमा र एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानका दशौं हजार टीपीएस वाहकको देशनिकाला रोक्न टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयबिरुद्ध अदालतमा मुद्दा दायर गरेकी छिन् ।

नाइन्थ सर्किट कोर्टका दुईजना न्यायाधिसहरु राष्ट्रपति जर्ज बुसले नियुक्त गरेकाहरु छन् । एकजना भने राष्ट्रपति बराक ओबामाले नियुक्त गरेका न्यायाधिस छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com