टेक्सासमा बन्दुकको शिकार बनेका प्रज्ववललाई सहयोग रकम हस्तान्तरण


प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार

अमेरिकाको टेक्सासमा बन्दुकको शिकार बनेका नेपाली प्रज्ववल कर्णलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपलिज हेरिटेज युनियनको पहलमा गो फन्ड मी मार्फत उठेको रकम हस्तान्तरण गरिएको हो ।

संस्थाका कार्यकारी अध्यक्ष बाबुराम बस्याल , उपाध्याय बसिल अर्याल र सचिब कर्ण बोगटीको उपस्थीतिमा ११२२ डलर ६६ सेन्टसको चेक हस्तान्तरण गरिएको हो । प्रज्ववलले सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुभएको छ । साथै नेपलिज हेरिटेज युनियनको तर्फबाट पनि सहयोगीलाई धन्यवाद दिदै प्रज्ववलको शीघ्र स्वास्थयलाभको कामना गरिएको टेक्सासबाट सागर अर्यालले जानकारी दिए ।

प्रज्ववललाई गत मे २३ मा टेक्सासमा बन्दुकधारीले आक्रमण गरेका थिए । उनको पेटमा गोली लागेको थियो । ग्यास स्टेशनमा लुटेराहरुले उनीमाथि आक्रमण गरेका थिए । उनको अवस्था अत्यन्तै गम्भिर रहेको थियो भने कैयन सर्जरी गर्नुपरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com