द्वन्दकालमा टुहरा बनेका बाल बालिकालाई दक्षिण क्यालिफोर्नियाका नेपालीहरुको सहयोग


प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार

मातृभूमि नेपालले माओवादी द्वन्दकालमा ब्यहोरेको हिंसा र विद्रोही पक्षद्वारा अभिभावक गुमाएका बाल बालिकाहरुलाई आश्रय दिने सामाजिक अभियन्ता राजन विश्वकर्माले स्थापना गर्नु भएको डेभिड राजन मेमोरियल अन्तराष्ट्रिय विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहयोगार्थ दक्षिण क्यालिफोर्नियाका नेपालीहरुले एक लाख दश हजार नेपाली रुपियाँ सहयोग प्रदान गरेका छन् ।

हामि नेपालीका अन्तराष्ट्रिय उपाध्यक्ष टेक लामा ‘वाइबा’को पहलमा अमेरिका भ्रमणमा रहनु भएकी नेपाल दलित महिला उत्थान केन्द्रकि अध्यक्ष राजन विश्वकर्माको स्वागतमा आयोजित सम्मान कार्यक्रममा लस-एन्जलसका अगुवा नेपालीहरुले उक्त रकम सहयोग स्वरुप प्रदान गरेका हुन् ।

तामांग सोसाइटी र गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको संस्थागत पहलमा आयोजित सम्मान कार्यक्रममा उक्त सहयोग रकम संकलन गरिएको हो । अगुवा समाजसेवी एवं हामि नेपालीका अन्तराष्ट्रिय उपाध्यक्ष टेक लामाले माओवादी द्वन्दकालमा अभिभावक गुमाएका बाल बालिकाहरुलाई लालन, पालन, भरण पोषण गर्दै शिक्षित नागरिक बनाउने नेपाल आमाकी सुपुत्री राजन विश्वकर्माको सेवा परमो धर्मको अभियानमा लस-एन्जलसको नेपाली समुदायका सहयोगी हातहरुलाई जोड्ने कार्यको संयोजन गर्न पाउनु यस क्षेत्रमा बसोबास गर्ने गैर आवासिय नेपालीको लागि मातृभूमि सेवाको अपूर्व अवसर भएको बताए ।

लामाका अनुसार निकट भविष्यमै उहाँले हिंसा र द्वन्द पिडित डेभिड राजन मेमोरियल अन्तराष्ट्रिय विद्यालयमा अध्यनरत विद्यार्थीहरुको स्थलगत भ्रमण गरि सेवा परमो धर्मको अभियानमा लस-एन्जलसको नेपाली समुदायलाई निरन्तर साझेदार बनाउने बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका भ्रमणमा रहनु भएकी नेपाली छोरी राजन विश्वकर्माले विद्रोही पक्षद्वारा अभिभावक गुमाएका बाल बालिकाहरुलाई आश्रय दिने दायित्व राज्यको भएपनि त्यतिबेला माओवादीको डर र त्रासकाका कसैले पहल नगरेपछि आफुले टुहुरा बालबालिका को हितमा यो अभियान सुरु गरेको तर अन्तराष्ट्रिय दाता र बृहद शान्ति संझौताले समेत उनीहरुलाई संबोधन नगरेको र उनीहरुको लागि संस्थागत सहयोगको लागि पहल गर्न आफुले नेपाली अमेरिकन समुदायलाई आग्रह गर्न अमेरिका भ्रमण गरेको बताउनु भयो ।

लस-एन्जलसका सहयोगी मनहरुको तर्फबाट नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि हेमराज भट्ट, एनआरएनए अभियन्ता दिल श्रेष्ठ, श्री पशुपतिनाथ बुद्ध मन्दिरका उपाध्यक्ष रामबाबु पाण्डे, एनआरएनएका च्याप्टर उपाध्यक्ष कर्ण चन्द, महिला संयोजक अमृता गैरे, कोषाध्यक्ष सम्सेर भण्डारी, समाजसेवी कृष्ण कोइराला, अन्तराष्ट्रिय साहित्य समाज क्यालिफोर्निया च्याप्टरका अध्यक्ष डन बहादुर कार्की, कलाकार सुरज श्रेष्ठ, ब्याबसायी एकदेव शर्मा पौडेल, समाजसेवी, केशर लामा, इ कुमार श्रेष्ठ, एफ वन ग्रुपका अध्यक्ष विश्व सुवेदी, पत्रकार डोल्मा लामाले सहयोग प्रदान गरेका थिए ।

नेपालीका अन्तराष्ट्रिय उपाध्यक्ष टेक लामा ‘वाइबा’को सौजन्यमा कार्यक्रम सम्पन्न बह्येको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com