अमेरिकामा रहेका नेपालीहरुले पनि जनै फेरेर र डोरो लगाएर रक्षाबन्धन तथा जनैपूर्णिमा मनाएका छन् । न्युयोर्कमा रहेको रिजउड दुर्गा मन्दिरमा रक्षाबन्धनका अवशरमा रक्षाबन्धन पूजन तथा धारण कार्यक्रम समेत राखिएको छ ।
बिहिबार विहानैदेखि दुर्गामन्दिरमा रक्षाबन्धन र जनैधारणका लागि नेपालीहरु पुगेका छन् । पण्डित हरिनारायण सापकोटा र उद्धव शास्त्रीले मन्दिरमा पुग्नेहरुलाई रक्षाबन्धन र जनै धारण गराएका छन् । रक्षाबन्धन र जनैधारण कार्यक्रम रिजउड नेपाली समाजले आयोजना गरेको हो ।
रिजउड नेपाली समाजका तर्फबाट पूराना तथा नयाँ जनै हुनेले मन्त्रणाका लागि मन्दिरमा ल्याउन समेत अनुरोध गरिएको थियो । हरेक बर्ष रिजउडका दुर्गामन्दिरमा रक्षाबन्धन कार्यक्रम गरिदै आएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।