ग्रिनकार्डमा कडाई गर्ने सरकारी नीतिबिरुद्ध न्युजर्सी र १२ राज्यबाट मुद्दा


प्रकाशित मिति : श्रावण २९, २०७६ बुधबार

सरकारी सुविधा लिने आप्रवासीहरुलाई ग्रिनकार्ड अस्वीकार गर्ने ट्रम्प प्रशासन नयाँ नीतिबिरुद्ध न्युजर्सी र अन्य १२ वटा राज्यहरुले अदालतमा मुद्दा दायर गरेका छन् । मेडिकेड, फुड स्ट्याम्प लगायतका सरकारी सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई ग्रिनकार्डमा कडाई गर्ने नीति बुधबार फेडरल रजिस्टरमा प्रकाशित भएको थियो ।

आगामी अक्टोबर १४ को राती १२ बजेपछि लागु हुने उक्त नीतिबिरुद्ध बुधबार नै अदालतमा मुद्दा दायर गरिएको हो । न्युजर्सीका गभर्नर फिल मर्फीले अमेरिकामा आप्रवासीहरुलाई खाद्य, स्वास्थ्य लगायतका सरकारी सुविधा वा अमेरिकाको बसाई रोज्नुपर्ने अवस्था आउन नहुने बताएका छन् ।

न्युजर्सीका न्यायाधिवक्तालाई कोलोराडो, डेलावर, इलिनोय, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, मिनेसोटा, नेभाडा, न्यु मेक्सिको, रोढ आइल्याण्ड, भर्जिनिया र वासिंटन लगायतका राज्यले पनि साथ दिएका छन् । उनीहरुले अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटी, होमल्याण्ड सेक्युरिटीका कार्यकारी सेक्रेटरी, युएससीआईएस, युएससीआईएसका सेक्रेटरी लगायतलाई समावेश गरेर मुद्दा दायर गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनको नीतिबिरुद्ध दायर गरिएको मुद्दा १७६ पृष्ठ लामो रहेको छ । सोमबार सार्वजनिक भएको ट्रम्प प्रशासनको नीतिबिरुद्ध क्यालिफोर्नियाका कैयन काउन्टीहरुले मंगलबार नै मुद्दा दायर गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com