विदेशबाट यात्रुले नेपालमा ल्याउन मिल्ने सामानको सुची


प्रकाशित मिति : श्रावण २९, २०७६ बुधबार

– विदेशबाट फर्कने नेपालीले अब काँचो सुन एकसय ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउने छन् । काँचो सुनमा ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय र सोभन्दा माथि प्रति १० ग्रामको ७ हजार ३ सय रुपैयाँ राजश्व तिर्नु पर्ने छ । १ सयग्रामभन्दा माथि काँचो सुन ल्याए जफत हुने छ । ५० ग्रामसम्मको गहना निःशुल्क ल्याउन पाइने छ भने सोभन्दा माथि १ सय ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय र १ सय ५० ग्रामदेखि माथी प्रति १० ग्राम ९ हजार ३ सय रुपैयाँ भन्सार तिर्नु पर्ने छ ।

– चुरोट, एक लिटरसम्म मदिरा, सात किलोसम्म खाद्य परिकार, २ हजार रुपैयाँसम्मको फलफूल र ५ हजार रुपैयाँसम्मको खानेकुरा ।

– मोबाइल, ल्यापटप, ३२ इन्चसम्मको टीभी, ट्याबलेट, घडी, क्यामरा, पोनड्राइभ एक–एक थान ।

– औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका लागि प्रयोग गरेका समाग्री ।

– ५ सय ग्रामसम्मको चाँदीको गहना, एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना ।

– विदेश जाँदा नेपालमा उत्पादन भएको ५० हजार रुपैयाँसम्मको २१ केजी सामान लैजान पाउने व्यवस्था गरिएको छ ।

– भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट ।

– नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com