सोमबारको चिठ्ठामा ३६ सय आप्रवासीलाई क्यानेडियन पीआर, एकबर्षमा साढे ५२ हजार


प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार

सोमबार क्यानडाको सरकारले ३६ सय नयाँ आप्रवासीहरुलाई पीआरका लागि छनौट गरेको छ । ४६६ भन्दा माथि स्कोर ल्याएकाहरुमध्येबाट उनीहरुलाई छनौट गरिएको हो । उनीहरुले अब क्यानडाको पीआरका लागि आवेदन दिन सक्नेछन् ।

गत जुलाई २४ मा ४५९ भन्दा माथि स्कोर ल्याउनेहरुलाई समावेश गरिएपनि सोमबार भने ७ प्वाइन्ट बढाएर ४६६ स्कोर ल्याउनेहरुलाई मात्र समावेश गरिएको थियो । क्यानडाको एक्सप्रेस इन्ट्री प्रणाली दक्ष विदेशीहरु भित्राउने मुख्य कार्यक्रम हो ।

एक्सप्रेस इन्ट्री प्रणालीमा समावेश हुनका लागि उमेर, शिक्षा, कामको अनुभव, भाषाको दक्षता लगायतका विषयमा निश्चित प्वाइन्ट ल्याउन जरुरी हुन्छ । सन् २०१९ मा अहिलेसम्म ५२ हजार ६ सय जनालाई क्यानडाको पीआर आवेदनका लागि निमन्त्रणा जारी गरिसकिएको छ ।

गतबर्ष ८९ हजार ८ सय पीआरका निमन्त्रणाहरु जारी गरिएको थियो । कम स्कोर ल्याउनेहरुले प्रान्तीय कार्यक्रममा भाग लिनसक्ने समेत जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com