कस्केली समाज अमेरिका संयोजकमा पराजुली


प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार

कस्केली समाज अमेरिकाको संयोजकमा न्यूजर्सी निवासी श्री पराजुली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको कस्केलीहरुको बैठकले सामाजिक कार्यमा सक्रिय कास्की सिद्ध गाविसमा जन्मिएका पराजुलीलाई संयोजकमा चयन गरेको हो ।

सामाजिक कार्य संगै एनआरएनए अमेरिकामा समेत सक्रिय रहेका पराजुली लामो समयदेखी अमेरिकामा छन् । गठित समितिको उपसंयोजकमा कृष्ण लामिछाने, केदार पहारी, शिव बायिना, महेन्द्र अधिकारी र शुभाष सुनार छन् ।

यस्तै समाजको महासचिवमा अमर तामाङ, कोषाध्यक्षमा कमल गौतम, सहकोषाध्यक्षमा नवराज पहारी, मिडिया संयोजक तथा प्रवक्तामा नेपालय डटकमका प्रधानसम्पादक बिष्णुप्रसाद पौडेल रहेका छन् । यसैगरी सदस्यहरुमा तारा पोखरेल, विश्व बास्तोला, डम्बरजंग गुरुङ, बलबहादुर गुरुङ, टेक गुरुङ र राजेश आचार्य रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

नवनिर्वाचित संयोजक पराजुलीले जन्मभूमी कास्कीबाट अमेरिका आई बसोबाव गर्ने कस्केलीहरुलाई एकतावद्ध गरी सामाजिक कार्यमा सक्रिय बनाउनु समाजको उदेश्य रहेको जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com