कस्ले जलायो रातीमा ,गाउँपालिकाको गाडी ?


प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्।

गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन्।

शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०:५० बजेतिर आगजनी भएको हो।
आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताउनु भयो ।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ। राति नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बतााउनु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com