युएससीआईएसले १३ अन्तर्राष्ट्रिय अफिस बन्द गर्ने, ७ सुचारु, नेपालीको काम दिल्लीबाट


प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार

ग्रिनकार्ड, नागरिकता लगायत अध्यागमनबारेका कामहरु गर्ने अमेरिकी सरकारको युएससीआईएसले ७ वटा अन्तर्राष्ट्रिय कार्यालयबाटमात्र ग्रिनकार्ड लगायतका अध्यागमन सम्बन्धि विभिन्न कामहरु गर्ने भएको छ । ती बाहेक अन्य १३ वटा अन्तर्राष्ट्रिय अफिस भने युएससीआईएसले बन्द गर्ने भएको छ ।

नेपालका लागि युएससीआईएसले भारतको न्यु दिल्लीमा रहेको कार्यालयबाट काम गर्दै आएको छ । उक्त कार्यालय भने बन्द नहुने युएससीआईएसले जनाएको छ । न्यु दिल्लीमा रहेको युएससीआईएसको कार्याक्षेत्रभित्र नेपालका अलावा बंगालादेश, भुटान, मालदिभ्स, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र भारत रहेका छन् । त्यस्तै तीनको बेइजिङ र गोन्जाओ, केन्याको नैरोबीमा रहेका युएससीआईएसका कार्यालयहरु पनि संचालनमा नै रहनेभएका छन् ।

यस अगाडि युएससीआईएसका कार्यकारी निर्देशकले ग्वाटेमाला सिटी, मेक्सिको सिटी र सान साल्भाडोमा रहेका युएससीआईएसका कार्यालयहरु पनि संचालन गरिराख्ने निर्देशन दिएका थिए । अन्य अन्तर्राष्ट्रिय कार्यालय र तीनवटा डिस्ट्रिक्ट अफिसहरु भने सन् २०२० को अगस्तसम्म बन्द गरिने युएससीआईएसले जनाएको छ ।

सुरुमा बन्द गरिने युएससीआईएसका अफिसहरुमा मेक्सिकोको मोन्टेरे र दक्षिण कोरियाको सिओलमा रहेका आफिस रहेका छन् । ती अफिसहरु आगामी सेप्टेम्बरको अन्त्यसम्म बन्द गरिने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले अन्तर्राष्ट्रिय रुपमा गरिएका कामहरु कार्यालय बन्द गरिएपछि उक्त काम युएससीआईएसका अमेरिका भित्र रहेका कार्यालयहरु, युएससीआईएसका अमेरिकाभित्र रहेका कर्मचारीहरु र अस्थायी रुपमा अन्तर्राष्ट्रिय रुपमा नियुक्त कर्मचारीहरुले गर्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com