अध्यागमनको छापामा पक्राउ परेका ६८० मध्ये ३ सय रिहा, अदालतमा पेश हुने मौका


प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार

मिसिसिपीमा अमेरिकी अध्यागमनको छापामा पक्राउ परेका ६८० जना कागजपत्रविहिन आप्रवासीहरुमध्ये ३ सय जनालाई रिहा गरिएको आइसले जनाएको छ । उनीहरुलाई देशनिकालाको प्रकृयामा राखेर अस्थायी रुपमा रिहा गरिएको जनाइएको छ ।

बुधबारको अमेरिकी इतिहासकै एउटै राज्यमा गरिएको सबैभन्दा ठूलो छापामा पक्राउ परेका उनीहरुलाई अध्यागमन न्यायाधिस समक्ष पेश हुने मौका र मिति प्रदान गर्दै रिहा गरिएको हो । अध्यागमन अदालतले देशनिकालाको आदेश दिएमा उनीहरुले अमेरिका छाड्नुपर्नेछ ।

रिहा नगरिएका बाँकी आप्रवासीहरुलाई अध्यागमन हिराशतमा पठाइने आइसले जनाएको छ । रिहा गरिएकाहरुमध्ये तीस जनालाई मानवीय आधारमा रिहा गरिएको आइसले जनाएको छ ।

पक्राउ परेकाहरुका बालबच्चाहरु रहेको खण्डमा उनीहरुलाई बालबच्चाको हेरचाहको व्यवस्थाका लागि प्रोसेसिंग सेन्टरमा सम्पर्क गर्न दिइएको छ । आइसले पक्राउ परेकाहरु कुन कुन देशका हुन् भन्नेबारे केही खुलाएको छैन । तर अधिकांश मेक्सिकनहरु रहेको जनाइएको छ । मेक्सिकन सरकारले सहयोगका लागि त्यसक्षेत्रमा कन्सुलर कर्मचारीहरुलाई पठाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com