अमेरिकाको अध्यागमन हिराशतमा भोक हडतालमा रहेका सयजनामाथि अश्रुग्याँस


प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार

अमेरिकाको लुजियानामा रहेको अध्यागमन हिराशतमा भोक हडतालमा रहेका कागजपत्रविहिनहरुमाथि अध्यागमन अधिकारीहरुले टियर ग्याँस र रबरका गोली हानेका छन् । भोक हडतालमा रहेका एकसयजनाभन्दा धेरै आप्रवासीहरुमाथि अश्रुग्यास प्रहार गरिएको हो ।

केही दिन अगाडि लुजियानाकै अर्को अध्यागमन हिराशतमा प्रदर्शनमा उत्रिएका ४० जना कागजपत्रविहिनमाथि अश्रुग्याँस प्रहारको घटना लगत्तै यो घटना भएको हो । ती ४० जना हिराशतको अवस्था सुधारको माग गर्दै हिराशतभित्रै प्रदर्शनमा उत्रिएका थिए ।

झण्डै १ हजार आप्रवासीहरु हिराशतमा राखिएको पाइन प्राइरीमा रहेको अध्यागमन हिराशतमा अश्रुग्याँस प्रहार भएको हो । अश्रुग्याँसबाट प्रभावितहरुले अर्को हिराशतमा सारिएको जनाइएको छ । कोही पनि गम्भिर रुपमा भने घाइते नभएको जनाइएको छ ।

मनोरञ्जनात्मक र अतिरिक्त कृयाकलापका लागि मैदानमा रहेका आप्रवासीहरु तितरबितर हुन नमानेपछि अश्रुग्यास प्रहार गरिएको आइसले जनाएको छ । आइसले तितरबितर हुनका लागि विभिन्न विकल्पदिंदा समेत भोक हडतालमा रहकाहरुले तितरबितर हुन अस्वीकार गरेका थिए ।

लुजियानाको अध्यागमन हिराशतमा नेपाली आप्रवासीहरुलाई पनि उल्लेख्य रुपमा राखिदै आएको छ । तर अश्रुग्यासबाट नेपालीहरु प्रभावित भए नभएकोबारे केही खुलेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com