घरेलु र लैंगिक हिंशाबिरुद्ध बृत्तचित्र बनाउँदै क्यालिफोर्नियाका नेपाली युवा


प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार

क्यालिफोर्नियामा बस्दै आएका नेपाली युवाको समुहले घरेलु हिंशाबिरुद्धको बृत्तचित्र बनाउने भएका छन् । लैगिक र घरेलु हिंसा विरुद्ध जनचेतना जगाउन बृत्तचित्र बनाउन लागेको डोल्मा लामाले जानकारी दिनुभयो । बृत्तचित्रको छायांकन क्यालिफोर्निया लसएन्जल्समा विभिन्न स्थानमा छायांकन गरिएको छ ।

राईज अप नामको उक्त बृत्तचित्रको छायांकन समाप्त भइसकेको छ भने अब छिट्टै सार्वजनिक हुने तयारी रहेको छ । यसै समुहले केहि महिना अघि अमेरिकामा बन्दूक हिंसाको बिरुद्ध जनचेतना जगाउने म्युजिक भिडियो निर्माण गरेको थियो ।

यो बृत्तचित्रमा मुख्य कलाकारका रुपमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुलकी क्यालिफोर्निया बेभर्ली हिल्समा २ बर्षे अभिनय कोर्स पुरा गरिसकेकी दिब्ना थापाको अभिनय रहेको छ ।

एस राज प्रोडक्शनका शंकर राज वाग्ले र सन्जय कार्कीले छांयाकन गरेको बृत्तचित्रलाई शंकर राज वाग्लेले निर्देशन गरेका हुन् ।बृत्तचित्रलाई बर्नीन २०२० को फिल्ड अर्गानाईजर शुस्मिक लामाले संयोजन गरेकी छिन् ।

पेन्सिलभेनिया निवासी क्रियाशील युवा साजन लामा ,मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली ,अशुतोष ओली, म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका लसएन्जल्स निवासी युवा व्यवसायी श्याम सेढाई , लसएन्जल्स निवासी सामाजिक अभियान्ता टेक वाईबा लामा ,साउथ एशियन नेटवर्ककी सामाजिक कार्यकर्ता नुतन काफ्ले र सामाजिक अभियान्त विष्णु राउत, निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियनले समेत बृत्तचित्रमा अभिनय गरेका छन् ।

स्पर्श थ्रेडिंग एण्ड ब्यूटीका ब्युटीसियन निरता कार्कीको मेकअप र सचारकर्मी डोल्मा लामाको स्क्रीप्ट रहेको बृत्तचित्रमा वास्तविक जीवनमा भएका लैंगिक हिंसा र घरेलु हिंशाका घटनाहरुलाई उतारिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com