५ लाख डलर जरिवाना र १२ बर्ष जेलको सामना गर्दै अमेरिकाको भिसा फ्रड गर्ने अभिजित प्रसाद


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

क्यालिफोर्नियाको फेडलर जुरीले भिसा फ्रडका २१ वटा अभियोग र आइडेन्टिटी थेफ्टका दुईवटा अभियोगमा ५१ बर्षका अभिजित प्रसादलाई दोषी ठहर गरेको छ । उनले आगामी अक्टोबर १६ देखि आफ्नो अपराधको सजाय भोग्ने भएका छन् ।

उनले भिसा फ्रडको अभियोगमा १० बर्ष जेल र साढे २ लाख डलर जरिवानाको सामना गरेका छन् । त्यस्तै आइडेन्टिटी थेफ्टको अभियोगमा २ बर्ष अनिवार्य जेल सजाय र साढे २ लाख डलर जरिवानाको सामना गरेका छन् । तर वास्तविक रुपमा उनले कति सजाय पाउने भन्ने कुराको निर्धारण अदालतले गर्नेछ ।

प्रसादले नक्कली कागजातका साथमा १९ वटा कामदार भिसाका एचवान बी आवेदनहरु फाइल गरेका थिए । सिस्को सिस्टम लगायतका कम्पनीका तर्फबाट उनले कामदार भिसा फाइल गरेपनि सिस्कोले विदेशी कामदार ल्याउने कुनै योजना नरहेको बताएपछि सिस्कोका कागजात पनि नक्कली रहेको पुष्टी भएको थियो ।

प्रसादले सिस्कोका कामदारहरुको नक्कली डिजिटल हस्ताक्षर समेत गरेका थिए । यो मामलामा अमेरिकी विदेशमन्त्रालय लगायतका विभिन्न निकायहरुले छानविन गरेका थिए । युएससीआईएसले छानविनमा सकृय रुपमा सहयोग गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com