अमेरिकाकै इतिहासमा ठूलो अध्यागमन छापा, ७ खाद्य प्रशोधन केन्द्रबाट ६८० पक्राउ


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

अमेरिकाको मिसिसिपीमा रहेका ७ वटा खाद्य प्रशोधन केन्द्रमा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा ६८० जना कागजपत्रविहिनहरु पक्राउ परेका छन् । यो अध्यागमनको छापालाई अमेरिकाको इतिहासमा एकैपटक एउटै राज्यमा गरिएको सबैभन्दा ठूलो अध्यागमन कारवाही भनिएको छ ।

उक्त अध्यागमन छापामा झण्डै ६ सय जना अध्यागमन अधिकारीहरु बे स्प्रींग, कार्थेज , क्यान्टन, मोर्टन लगायतका क्षेत्रमा परिचालन गरिएको थियो । अध्यागमन छापाका क्रममा कागजपत्रविहिनहरु भाग्न सक्ने भन्दै ती क्षेत्रहरुमा घेरा हालिएको थियो ।

पक्राउ परेकाहरुलाई तीनवटा बसमा हालेर ल्याइएको थियो । दुईवटा बसहरु पुरुष कागजपत्रविहिनका लागि र एउटा बस महिला कागजपत्रविहिनका लागि छुट्याइएको थियो । केही कामदारहरु कानुनी रुपमा रहेको पाइएपछि उनीहरुलाई छाडिएको थियो भने केही कागजपत्रविहिन पैदलै भाग्न खोज्दा समातिएका थिए ।

बुधबारको उक्त छापा मिसिसिपीका ६ वटा शहरका ७ वटा कार्यस्थलमा संचालन गरिएको आइसले जनाएको छ । ज्याक्सनका मेयरले आइसको यो छापालाई अमानवीय बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com