Follow @khasokhasmag

अमेरिका आएको २ बर्ष नपुगेका कागजपत्रविहिनलाई अदालती सुनुवाईविना डिपोर्ट गर्ने नीतिबिरुद्ध मुद्दा


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

अमेरिका आएको दुईबर्ष नपुगेका कागजपत्रविहिनहरुलाई अमेरिकाको जुनसुकै स्थानबाट पक्राउ गरेर अध्यागमन अदालतमा पेश नगरीकनै तीब्र गतिको देशनिकालामा राख्ने ट्रम्प प्रशासनको नयाँ नीतिबिरुद्ध अदालतमा मुद्दा दायर भएको छ । जुलाईको तेश्रो साता ट्रम्प प्रशासनले अदालती सुनुवाईविना नै तीब्र गतिमा देशनिकाला गर्ने नयाँ नीति ल्याएको थियो ।

यो नीतिबिरुद्ध मेक द रोड न्युयोर्क, वी काउन्ट लगायतका आप्रवासीको हकहितमा सकृय संस्थाहरुले मुद्दा दायर गरेका हुन् । यसभन्दा अगाडि अमेरिकी सिमाक्षेत्रको एकसयमाइलभित्र पक्राउ परेका र अमेरिका आएको दुईसाता पूरा नभएका कागजपत्रविहिनलाई अदालती सुनुवाईविना देशनिकाला गर्न सकिने प्रावधान रहेको थियो । उक्त प्रावधान केही दिन अगाडिमात्र परिवर्तन गरिएको थियो ।

ट्रम्प प्रशासनको नयाँ नीतिबाट अमेरिकामा रहेका झण्डै ३ लाख कागजपत्रविहिन आप्रवासीहरु प्रभावित हुने अनुमान गरिएको छ । यो नीति अन्तरगत अमेरिकाको जुन सुकै स्थानमा परिवारसहित बसेका कागजपत्रविहिनहरु पनि जोखिममा परेका छन् ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com