आन्दोलनकारी स्वास्थ्यकर्मीलाई मन्त्रालयको अपिल


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

स्वास्थ्य मन्त्रालयले आन्दोलनमा रहेका स्वास्थ्यकर्मीहरुलाई काममा फर्किन अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले जारी गरेको अपिलमा ‘विभिन्न माग राखि आन्दोलनमा रहेका स्वास्थ्यकर्मीलाई आ–आफ्नो कार्यक्षेत्रमा गई नियमित स्वास्थ्य सेवा संचालन गर्न, जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र राष्ट्रिय प्राथमिकताका कार्यक्रमलाई सफल बनाउन अग्रसरता लिन सबैमा स्वाथ्यमन्त्रालय हार्दिक अपिल गर्दछ’, भनिएको छ ।

लामो समयदेखि स्तरवृद्धि नभएको, स्वास्थ्य ऐनले व्यवस्था गरे अनुसार कर्मचारीको पदस्थापन नभएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्वास्थ्य सेवा ऐन २०५३ को व्यवस्था प्रारम्भ हुन अघि स्तरवृद्धि वा तह मिलान हुनु पर्ने कर्मचारीलाई पदस्थापन गर्न पुल दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषदले गरेको अपिलमा उल्लेख छ ।

मन्त्रिपरिषद्को निर्णयसँगै वर्षौदेखि अन्योलमा रहेको ऐनको दफा ९ (ख) कार्यान्वयनको विषयलाई टुंग्याएको छ । स्वास्थ्यकर्मीले उठाएका विषयको सम्बोधन गर्न र कर्मचारीको वृत्ति विकास र दीर्घकालिन व्यवस्थापनको लागि बाटो खोलेको अपिलमा भनिएको छ ।

यस्तै, ऐन नियमावलीमा भएका प्रावधानको लामो समयसम्म कार्यान्वयन नहुँदा स्वास्थ्यकर्मीहरुमा विभिन्न समस्याहरु आइरहेकामा कार्यान्वयन र आवश्यक संशोधनले स्वास्थ्यकर्मीहरुमा थप उत्प्रेरणा तथा हौसला मिल्ने मत्रालयले विश्वास लिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com