नेपालका प्रदेश नम्बर ३ का सदस्यहरु खडका र लामाको न्युयोर्कमा स्वागत


प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार

नेपालको प्रदेश नम्बर ३ का सदस्यहरु बिशाल खडका र आंगडेन्डी लामाको न्युयोर्कमा स्वागत गरिएको छ । प्रवासी नेपाली एकता मंच अमेरिकाको उत्तरपूर्वी क्षेत्रिय कमिटिको आयोजनामा स्वागत तथा अन्तरकृया गरिएको हो ।

प्रवासी नेपाली मंच अमेरिका र जनप्रगतिशील मंच अमेरिकाको एकताले जन्माएको संस्थाका उत्तरपूर्वी क्षेत्रका अध्यक्ष टेक गुरुङको संयोजकत्वमा न्युयोर्कको ट्याङ्ग्रा मसला रेस्टुरेन्टमा कार्यक्रम गरियो । कार्यक्रममा दुइ संगठन एकता कार्यदलका सदस्य यम लामा रराधाकृष्ण देउजाले अमेरिकामा संगठनको वर्तमान अवस्थाको बारेमा बताउनुभयो ।

नेपालबाट आउनु भएका अतिथि सांसदहरुले नया सोच , विचार र दृष्टिकोण सहित नेपाल फर्कन नेपालीहरु तयार रहनुपर्ने र नेपाल सरकारले प्रवासी नेपालीहरुलाई लगानीको सुरक्षाको अलावा अपनत्व दिनसक्नुपर्ने बताउनुभयो । कार्यक्रममा अतिथिहरुको स्वागत संस्थाका नेता कृष्ण आचार्यले गर्नु भयो ।

कार्यक्रममा अध्यक्ष टेक गुरुङले संगठनहरुको स्थापना र संचालन आपसी एकता र हितमा हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल वा जुनसुकै ठाउँमा बस्ने नेपालीहरुको हितको खातिर सहकार्य , ठीकको समर्थन बेठीकको विरोध नै आफ्नो र आफु आवद्ध संगठनको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा सिता खरेल, पद्मा प्रधान लगायतले पनि बोल्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com