नाम र ठेगानाको अभावमा कामदार भिसाका आवेदन अस्वीकार गर्दै अमेरिकी सरकार


प्रकाशित मिति : श्रावण १७, २०७६ शुक्रबार

अमेरिकी सरकारको युएससीआईएसले अगस्त ५ देखि कामदार भिसाका आवेदनहरु नाम र ठेगानाको अभावमा अस्वीकार गर्न थाल्ने भएको छ । आवेदकको नाम र अमेरिकाको प्राथमिक कार्यालय ठेगाना नराखिएका फर्महरु युएससीआईएसले अस्वीकार गर्ने जनाइएको छ ।

एच, एल, ओ, पी, क्यु, आर लगायतका कामदार भिसाका लागि भरिने फर्म आई १२९ को पहिलो भागमा आवेदकको नाम र अमेरिकाको ठेगाना स्पष्टसाथ उल्लेख गर्न युएससीआईएसले सचेत गराएको छ । निश्चित परिस्थीतिहरुमा फर्मको आठौं भागमा हस्ताक्षर गर्ने रोजगारदाता र आवेदनको पहिलो भागको आवेदकको ठेगाना मिलेको खण्डमा भने युएससीआईएसले डुप्लिकेट ठेगानाका आधारमा आवेदन अस्वीकार नगर्ने जनाइएको छ ।

समयको संवेदनशिलताका कारण अस्थायी कृषि कामदार एच टु ए भिसाका लागि दिइने आवेदनमा नाम र ठेगाना उल्लेख गर्नमा भएको गल्तीका कारण सम्पूर्ण आवेदन नै अस्वीकृत हुनसक्ने तर्फ युएससीआईएसले सचेत गराएको छ । युएससीआईएसले हाल हस्ताक्षरको अभाव, उपयुक्त शुल्कको अभाव र आवेदकका तर्फबाट तेश्रो पार्टीले अनाधिकृतरुपमा गरेको हस्ताक्षरका कारण आवेदन अस्वीकार गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com