दुर्घटनापछि सिड्नी विमानस्थलबाट भाग्न खोज्दा नेपाली विद्यार्थी भट्टराई पक्राउ


प्रकाशित मिति : श्रावण १७, २०७६ शुक्रबार

दुईजना नेपाली विद्यार्थीहरु समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको दुर्घटनाका चालक नेपाली विद्यार्थी सिड्नीबाट विमान चढेर भाग्न खोज्दा विमानस्थलबाटै पक्राउ परेका छन् । २२ बर्षका चालक सागर भट्टराई घटनाबारे अनुसन्धान चलिरहेकै बखत सिड्नी छाडेर बाहिरिन खोज्दा पक्राउ परेका हुन् ।

शुक्रबार बेलुका ७ बजे विमान चढ्न लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । उनलाई पक्राउ पछि मस्कट प्रहरी स्टेशनमा लगिएको छ । उनलाई खतरनाकरुपमा गाडी चलाएका विभिन्न चारवटा अभियोगहरु लगाइएको छ । उनलाई शनिबार पारामाटा जमानत अदालतमा पेश गरिने जनाइएको छ ।

गत जुलाई २८ मा विहान ३ बजेर ४० मिनेट जाँदा अष्ट्रेलियामा भएको दुर्घटनामा दुईजना नेपालीहरुको मृत्यु भएको थियो भने चालक सहित तीनजना नेपालीहरु घाइते भएका थिए । घाइते अन्य दुईजना संगीत देवकोटा र अश्विन कँडेलको टाउकोमा चोट लागेको थियो भने भट्टराईको पनि टाउकोमा चोट लागेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com