ग्रिनकार्डबाहकलाई नागरिकता दिलाउन र शरणार्थी सहयोगका लागि १० मिलियन खर्च गर्दै ट्रम्प प्रशासन


प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार

अमेरिकी नागरिकताका लागि योग्य ग्रिनकार्डबाहकहरुलाई नागरिकता दिलाउन र अमेरिकामा शरणार्थीका रुपमा स्वीकार गरिएकाहरुलाई सहयोगका लागि ट्रम्प प्रशासनले १० मिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ । युएससीआईएसले नागरिकताको आवेदन दिन सिकाउने र शरणार्थीहरुलाई सहयोग गर्ने संस्थाहरुबाट उक्त रकमका लागि आवेदन आब्हान गरेको छ ।

अमेरिकी ग्रिनकार्डवाहकलाई नागरिकताका लागि तयार पार्न र अँग्रेजी भाषा, अमेरिकी इतिहास तथा अमेरिकाका बारेमा अन्य जानकारी दिलाएर अन्तरवार्ताका लागि तयार पार्न सहयोग गर्ने संस्थाहरुले उक्त रकम प्राप्त गर्नका लागि आवेदन दिनसक्नेछन् । त्यस्ता ३६ वटासम्म संस्थालाई फण्ड उपलब्ध गराइनेभएको छ भने आवेदनको अन्तिम मिति सन् २०१९ को अगस्त १३ सम्म रहेको छ ।

त्यस्तै शरणार्थीहरुलाई सघाउने चारवटासम्म संस्थाहरुले फण्ड प्राप्त गर्नसक्नेछन् । शरणार्थीहरुलाई क्षमताविकाशमा सघाउने संस्थाहरुले फण्ड प्राप्त गर्नका लागि आगामी अगस्त १३ भित्र आवेदन दिनसक्ने जनाइएको छ । युएससीआईएसले ती संस्थाहरुको विगतको इतिहास लगायतका कैयन तत्वहरु हेरेर फण्डबारे निर्णय गर्ने जनाइएको छ ।

युएससीआईएसले आगामी सेप्टेम्बरमा छनौटमा परेको संस्थाहरुको नाम घोषणा गर्ने जनाइएको छ । सन् २००९ देखि युएससीआईएसले यस्तो कार्यका लागि झण्डै ३८ वटा राज्यमा रहेका ३९३ संस्थालाई ८२ मिलियन डलर प्रदान गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com