परिवारका सदस्यलाई जोखिमका आधारमा अमेरिकामा एसाइलम गर्न नपाइने


प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार

अब परिवारका सदस्यलाई जोखिम भएको आधारमा अमेरिकामा एसाइलम गर्न नपाइने भएको छ । महान्यायाधिवक्ता विलियम बारले सोमबार एक फैसला गर्दै परिवारका सदस्यहरुलाई आएको धम्कीका आधारमा उक्त परिवारको अन्य सदस्यले एसाइलम दावी गर्न नपाउने प्रस्ट पारेका छन् ।

बुबाले लागुऔषधका कारोबारीलाई आफ्नो स्टोर प्रयोग गर्न नदिएका कारण धम्कीको सामना गर्नुपरेको भन्दै छोराले दिएको एसाइलम आवेदन अस्वीकार गर्दै विलियम बारले त्यस्तो फैसला गरेका छन् । विगतमा परिवारका कुनै सदस्यका कारण धम्की वा जोखिमको सामना गर्नुपरेमा पनि अमेरिकामा एसाइलम गर्न पाइने प्रावधान रहेको थियो ।

फैसलाको पूर्ण पाठ ।

महान्यायाधिवक्ता बारले बोर्ड अफ इमिग्रेशन अपिलको निर्णयलाई उल्टाउँदै यस्तो फैसला गरेका हुन् । अन्तत बोर्ड अफ इमिग्रेशन अपिलले परिवारका एकजना सदस्यलाई आएको धम्कीका कारण पूरै परिवार जोखिममा रहेको आधारमा एसाइलम स्वीकृत गर्न सकेन ।

ट्रम्प प्रशासनले एसाइलममाथि लगातार आक्रमण गरिरहेको सन्दर्भमा पछिल्लो फैसला आएको हो । यो फैसलाले नेपालीहरुमाथि कस्तो प्रभाव पार्छ भन्ने विषय भने अझै स्पष्ट छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com