न्युयोर्क आसपासका काभ्रेली संगठीत हुँदै, पं उद्धब शास्त्रीको संयोजकत्वमा तदर्थ समिति


प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार

नेपालको काभ्रे जिल्लाबाट न्युयोर्क र आसपासमा बसोबास गर्नेहरु संगठीत भएका छन् । आपसी जान पहिचान, दुख सुख तथा चाडपर्बहरूमा भेटघाट गर्दै प्रवासमा समेत गाउँ ठाउँमा बसे जस्तै समाज निर्माणमा जुटेको उनीहरुको भनाई छ ।

ज्याक्सन हाइटमा भएको भेलाले पं उद्धब शास्त्रीको संयोजकत्वमा नारायण प्रसाद तिमल्सिना, उद्धब प्रसाद हुमगाई , जनक भण्डारी तथा मोहन विष्ट सदस्य रहेको एक तदर्थ समिति गठन गरेको छ । फेसबुक म्यासेन्जरबाट जोडिएका करिब ५४ परिवारको समूहलाई प्रत्यक्ष भेटघाटको लागि मिति तय गरिएकोमा ११ जनाको उपस्थिती रहेको थियो ।

भेलामा नारायण तिमल्सिना, पं उद्धवराज शास्त्री, सूर्य देउजा, उद्धव प्रसाद हुमागाई, जनक भण्डारी, महेश मल्ल, जगदीश राउत, मोहन विष्ट, अर्जुन मैनाली, राधाकृष्ण देउजा र रोनीश विष्ट सहभागी रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क, न्युजर्सी तथा कनेक्टिकट आसपास बसोबास गर्ने सबै काभ्रेलीहरुलाई सहभागी गराएर आगामी अगस्त २४ मा न्युयोर्कको कोरोना पार्कमा बनभोज को आयोजना गरी भावी कार्ययोजना तथा संगठनको प्रारूप निर्धारण गर्ने योजना भेलाले गरेको छ । साथै बनभोजमा सहभागी हुन काभ्रेली दाज़ुभाई तथा दीदीबहिनीहरूलाई अनुरोध समेत गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com