‘निर्मला हत्याकाण्डबारे गृहमन्त्रीको भनाई सत्य’


प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार

– राधाकृष्ण देउजा

राज्यको महत्वपूर्ण ठाउँमा रहनेहरुको सबै क्रियाकलापहरुमा जनताको नजर रहनु अनिवार्यनै हुन्छ जसले गर्दा उनीहरुको कामको आधारमा समर्थन र विरोध पनि अनिवार्यनै हुनेनै भयो । अनि आँकडा हेर्ने हो भने राम्रो कामहरुको समर्थनको तुलनामा नराम्रो कामहरुको विरोध चाहिं व्यापक हुने गर्दछ , जस्लाइ पनि सहज र स्वाभाविकनै लिनुपर्छ किनकि गलत हुँदा बिरोध भएन भने कतिपय बेला मान्छेले आफु गलत रहेको थाहानै पाउदैन अनि जव थाहानै भएन भने सच्चिने त सवालनै हुने भएन ।

तसर्थ सत्य , तथ्यमा टेकेर सकारात्मकता साथ निस्पक्ष रहेर गरिने विरोध र आलोचनाहरुको सदैव सम्मान र सुनुवाई हुनुपर्छ यद्धपि तथ्यहीन ढंगले गरिने विरोध र भडकाउ अभिव्यक्तीहरुलाइ चाहिं कुनै हालतमा स्वाभाविक मान्नु हुदैन किनकि त्यसले भ्रम छर्ने , कसैको विना अर्थमा मान मर्दन गर्ने वाहेक अरु कुनै काम गर्न सक्दैन । हालै सामाजिक संजालमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त वलात्कारको सम्वन्धमा बोलेको विषयलाइ लिएर आलोचना र विरोधको क्रम देखिएको छ तर दुखका साथ भन्नै पर्छ जुन अभिव्यक्तीलाइ लिएर विरोध र आलोचनाको शृंखला चलेको छ , त्यसलाइ हेर्दा त्यो आग्रह पूर्वाग्रहबाट प्रेरित अनि तथ्य भन्दा टाढा रहेको छ ।

नेपालको इतिहासकै चर्चित, सबैको चिन्ता र चासो रहेको निर्मला पन्त वलात्कार र हत्याको सम्वन्धमा बोल्दै गृहमन्त्रीले भनेको समग्र कुराहरुमा नगएर केवल उनले यस्ता खालका घटना हिजो पनि घटेका थिए भोलि पनि घटनेछन भने । त्यसमा राजनीतिकरण भयो भन्ने विषयलाइ मात्रै हाइलाइट गरेर उनको चर्को आलोचना गर्दै “ यस्ता पनि गृहमन्त्री ” भन्नेसम्मका अभिव्यक्ती आएको पढन, सुन्न परेको छ ।

गृहमन्त्रीको बारेमा आएका ति आलोचनात्मक अभिव्यक्तीहरु या आग्रह पूर्वाग्रह सहित आएका छन वा सोच र चिन्तन सकारात्मक राखेर गरिएको छन भने पनि त्यो अल्पज्ञानमा आधारित भएर गरिएका छन । किन ? किन भने निर्मला पन्त हत्या र वलात्कारको बारेमा बोल्दै गर्दा गृहमन्त्रीले उक्त घटना दुखद रहेको , उक्त घटनाको सत्य तथ्य खोज्ने कार्य चलिरहेको र एकदिन अपराधीलाइ कानुनको कठघरामा ल्याउने दृढता पनि व्यक्त गरेका छन ।

हो त्यति सबै कुरा भन्दै गर्दा उनले “ यस्ता घटना हिजो पनि भएका थिए , भोलि पनि हुनेछन” भनेकै हुन र त्यो सत्य नै हो किन भने अपराध पूर्ण त निषेध त हुनै सक्दैन , कहीं भएका पनि छैनन । विगतमा नमिता सुमिता देखि थुप्रै वलात्कार र हत्याका काण्डहरुको बारेमा पढेका सुनेका अनि अहिले बाउले छोरी वलात्कार गरको , श्रीमानले श्रीमतीको हत्या गरको , छोरीले कन्ट्रयाकट किलर प्रयोग गरेर आमाको हत्या गराएको जस्ता सामान्य रुपमा असम्भव मानिएका घटनाहरुको बारेमा रिपोर्टहरु सुनेर सुस्केरा हाल्दै त्यस्ता अपराधमा संलग्नलाइ कडा कारवाही गर्न दैनिक आदेश गर्दै रहनु परेका गृहमन्त्रीले के “ अव फूमन्तर भएको छ , अव न कुनै हत्या हुन्छ , न त कसैको वलात्कार” भनेर झुट बोल्नु पर्थ्यो , वा झुट बोल्नु हुन्थ्यो ? किमार्थ हुदैन थियो ।

उनले त केवल यथार्थ बोलेका हुन कि वलात्कार , हत्या वा यस्तै कुनै पनि अपराध हिजो पनि हुन्थ्यो , भोलि पनि हुनसक्लान अनि जसरि हिजो पनि अपराधीहरु ढिलो चाँडो कानुनको कठघरामा आउंथे , आज पनि आउँछन र भोलि पनि ल्याइनछन । तसर्थ , सत्य तथ्यलाइ तोडमरोड़ गरेर कसैको हुर्मत लिने शैलीमा वर्तमान गृहमन्त्रीको विरुद्ध चलाइएको पछिल्ला अफवाहयुक्त प्रचारवाजीको कुनै अर्थछैन र त्यसमा कुनै सत्यता छैन भन्ने बुझ्न आवश्यक मात्रै हैन अनिवार्य छ किनकि अहिलेको युगमा जनताको व्यापक चासो र खवरदारी रहेको विषयलाइ गृहमन्त्री मात्रै हैन कसैले पनि हलुका ढंगले लिनै सक्दैनन किनकि यो जनता वलियो रहेको युग हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com