हेग लगे म विश्वकै हिरो भएर निस्कन्छु– अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग (अन्तराष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने बताउनु भएको छ । आज बिहान आफ्नै निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन, हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । हेग लगे संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने उहाँको भनाई थियो । ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन,’ यहाँले भन्नुभयो ।

अवसरमा अध्यक्ष प्रचण्डले परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ कि भनी पश्चमागी तत्व लागिपरेको ठोकुवा पनि गर्नुभयो । दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जनताको काम भएको प्रष्ट पार्नुभयो । जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने भन्दै प्रचण्डले बिप्लव समुहको बाटो गलत रहेको प्रष्ट पार्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com