बेलायत, नयाँ बजार विस्तारका आधार खोज्दै


प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार

दिलीप शर्मा/ लामो समयसम्म सकसको राजनीतिबाट पिडित बेलायती नेतृ टरिजा मेले बुधबारदेखि प्रधानमन्त्रीका रूपमा औपचारिक विदा लिनुभयो । जुन उत्साहका साथ उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो त्यही उत्साह काम गर्ने शिलशिलामा उहाँलाई मिलेन ।

प्रधानमन्त्रीका रूपमा मे ले गरेका काम खासगरी बेलायतलाई यूरोपेली यूनियन  इयूबाट बहिर्गमन गराउने ब्रेक्जिट सन्दर्भमा इयूसँग गरेको सम्झौतालाई लिएर उहाँकै दलबाट असहयोग भयो । बेलायतको सत्ताधारी कन्जर्भेटिभ दलका सबै नेताहरू मेले गरेको सम्झौताले बेलायतलाई फाइदा नहुने निस्कर्ष गर्दै संसदबाट सम्झौतालाई अनुमोदन गराउने पटक पटकको प्रधानमन्त्रीको प्रयास विफल बन्यो । अन्ततः मेले कन्जरभेटिभ पार्टीको नेतृत्व र बेलायती प्रधानमन्त्रीको जिम्मेवारीबाट पछि हट्नुभयो ।

बेलायतको प्रधानमन्त्रीमा सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसक्नुभएको छ । सत्ताधारी दलको संसदीय दलको नेतासँगै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै जोनसनले दिएको प्रतिक्रियामा आफ्नो प्रमुख जिम्मेवारी भनेको ब्रेक्जिटलाई बेलायतको हितमा कार्यान्वयनमा ल्याउनु भएको बताउनुभएको छ ।

जोनसनले भन्नुभयो, “युरोपेली संघबाट बेलायतको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रित बनाउने हुनेछ ।” पार्टी नेतृत्वका लागि चलेको लामो निर्वाचन प्रकृयाको अन्त्यमा नतिजा घोषणा भैसकेपछि बोरिस जोनसनले आफ्को प्राथमिकता भनेको ब्रेक्जिट लागु गर्ने, देशलाई एकतावद्ध तुल्याउने र विपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बिनलाई पराजित गर्ने रहेको प्रतिक्रिया थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिट बाहिर बोल्दै उहाँले ‘यदि र तर’ जस्ता कुरा नगरी तोकिएकै समयमा बेलायत ईयूबाट बाहिरिने बताउनुभयो । यसबाट के बुझ्न सकिन्छ भने नयाँ सम्झौता गर्न इयू तयार नभए बेलायत सम्झौताबिहीन अवस्थाबाट अघि बढ्नेछ । तर यस प्रकारको कठोर ब्रेक्जिटले यूरोपेली मुलुकबाट बेलायतमा र बेलायतको इयू सदस्य राष्ट्रसँग भइरहेको व्यवसायिक कारोबारलाई समस्या पार्ने भन्दै व्यवसायीहरूले ‘सफ्ट ब्रेक्जिट’को विकल्पमा जान नेताहरूलाई दवाब दिइरहेका छन् । प्रधानमन्त्रीको ध्यान सरकारमा कट्टरपन्थी परिवर्तन गर्नतर्फ उद्दत भएको पूर्ववर्ती सरकारका १७ जना वरिष्ठ मन्त्रीहरूलाई हटाएको वा राजीनामाको वातावरण बनाएको कार्यले प्रष्ट गरेको छ ।

जोनसनले भनेजस्तो ब्रेक्जिट सहज भने छैन । किनकि बेलायती प्रतिपक्षी दल लिवरल पार्टी ब्रेक्जिटको पक्षमा छैन भने सत्ताधारी कन्जर्भेटिभ कै कतिपय नेताहरू, जसले पूर्व प्रधानमन्त्री मेलाई सहयोग गरेका थिए, नै पनि जोनसनले भन्नेगरेको बे्रक्जिटको पक्षमा हुनेमा आशङ्का रहेको छ । जोनसन निकट स्रोतका अनुसार नयाँ सरकारको टोलीले “आधुनिक बेलायत“ को झल्को दिनेछ । उहाँले मन्त्रीमण्डलमा अधिकांश नयाँ अनुहारका साथै महिला तथा जातीय अल्पसंख्यकहरूको सहभागितामा पनि वृद्धि गरेको देख्न सकिन्छ ।

नयाँ सरकारमा ब्रेक्जिटको पक्षमा अभियान चलाउने नेताहरूले प्रमुख जिम्मेवारी पाउन सफल भएका छन् । मन्त्रीमण्डलमा एसियाली मूलका दुई जना ब्रिटिश नागरिकहरू पनि परेका छन् । प्रिती पटेलले गृहमन्त्री र साजिद जावेदले अर्थ मन्त्रालयको जिम्मेवारी पाएपछि विश्लेषकहरूले बेलायतले इयू मुलुकसँग रहेको सम्बन्धमा ब्रेक्जिटका कारण पर्नसक्ने प्रभावलाई एशियाली मुलुकसँग सम्बन्ध विस्तार गरी आफ्नो बजार कायम राख्ने रणनीतिका रूपमा अथ्र्याएका छन् ।

यद्यपि यो रणनीति सहज भने नभएको उनीहरूको ठहर छ । यसले एशियाली मुलुकलाई बेलायती प्रबिधिको उपयोग गर्ने मौकासँगै चुनौति पनि थप्नसक्नेछ । यूरोपसँगको व्यवसायिक घाटालाई उठाउने बेलायतको रणनीतिले एशियाली बजारलाई बेलायती लाभका लागि प्रयोग गर्ने जोनसनको नीतिबाट बच्न सावधानी अपनाउनु एशियाली मुलुकहरूका लागि लाभकारी हुनेछ । यसको अर्थ बेलायतले एशियालाई आफ्नो गुमेको बजारबाट राहत पाउने विकल्पका रूपमा सोच्ने छ । जसमा एशियाली मुलुकमा बेलायती लगानीका सम्भावनासँगै विदेशी लगानीबाट भित्रिनसक्ने चुनौति पनि देखा पर्नेछन् ।

यसै शिलशिलामा बेलायतले केही समय पहिले दक्षिण कोरियासँग एक सम्झौता गरिसकेको छ । बेलायतले भारत, जापान, चीनलगायतका एशियाली मुलुकमा सम्बन्ध विस्तार गर्नसकेमा यूरोपेली मुलुकसँगको व्यापार सम्बन्धमा आउनसक्ने सङ्कटका कारण गुम्ने व्यवसायलाई एशियामा केन्द्रित गर्नेछ । बेलायतले कुनै सम्झौता बिना ईयू छोडेको अवस्थामा अवरोधबाट बच्नको लागि दक्षिण कोरियासँग युकेले प्रारम्भिक व्यापार सम्झौतामा पुगेको बताएको थियो ।

बेलायत र दक्षिण कोरिया स्वतन्त्र व्यापार सम्झौताको सिद्धान्तमा सहमति भएको छ । यसले ब्रेक्जिटपछि एशियामा स्वतन्त्र व्यापार गर्न मार्ग प्रशस्त गरेको छ । बेलायतले ईयूको सदस्यता अन्तर्गत भएको सम्झौताकोे लाभ उठाइरहेका देशहरूसँग अधिमान्य शर्तमा ट्रेड अधिकार सुरक्षित गर्न मन्त्रीहरूले ब्रेक्जिट पश्चातका सौदा सुरक्षित गर्ने प्रयास गरेपछि यो सैद्धान्तिक सहमति भएको हो ।

पूर्व व्यापारमन्त्री लिआम फोक्सको विभागले केही महिना अघि २८ प्रतिशतभन्दा बढेको स्विजरल्याण्ड, चिली र फारो टापुलगायत ईयूको सम्झौता ६३ प्रतिशत व्यापारमा कायम गर्र्ने देशहरूसँग निरन्तर सम्झौतामा हस्ताक्षर गरेको छ । यद्यपि यी सम्झौताहरूले विद्यमान व्यापार व्यवस्थालाई कभर नगर्न सक्छ र त्यसैले यो अपूर्ण हुन्छ भन्ने राय आलोचकहरूको छ ।

यद्यपि दक्षिण कोरियासँगको सम्झौता औपचारिक रूपमा हस्ताक्षर हुनुभन्दा अघि अन्तिम जाँचको विषय हुने पनि छ । जुन २०१६ को ब्रेक्जिट भोट पछि एशियामा बेलायतको पहिलो ठूलो व्यापार सम्झौता हो ।
अन्तर्राष्ट्रिय व्यापार विभागले यो सम्झौताले बेलायत कम्पनीहरूलाई एसियाली राष्ट्रसँग अधिमानी शर्तमा कारोबार गर्न अनुमति दिनेछ । जुन २०१८ मा दक्षिण कोरियामा ९९ प्रतिशत बेलायती निर्यातहरूका लागि निर्यात कर निःशुल्क थियो ।

पूर्व व्यापार मन्त्री फोक्सका पालामा भएको सम्झौतापछि फोक्सले सम्झौताको औचित्य पुष्टि गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेलायत र कोरियाबीचको व्यापारको मूल्य सन् २०११ मा इयू–कोरिया सम्झौता लागू भएपछि दोब्बर भएको थियो । हाम्रो व्यापारिक सम्बन्धमा निरन्तरता दिँदा बेलायत र कोरियाका व्यवसायहरूविना नै व्यापार कायम राख्न अनुमति दिनेछ । सम्झौताले कुनै पनि अतिरिक्त अवरोधहरूलाई हटाउने छ र बेलायत–कोरिया व्यापार प्रवद्र्धनका लागि मद्दत गर्नेछ ।”

“जब हामी बढ्दो विश्वव्यापी आर्थिक हेडविन्डको सामना गर्दछौं, हाम्रो बलियो व्यापारिक सम्बन्ध बेलायत र कोरियाभरी आर्थिक बृद्धि र सहयोगी रोजगारीमा महत्वपूर्ण हुनेछ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको सत्ताधारी दलको नेतामा जोनसन निर्वाचित भएको केही मिनेटभित्रै वधाई दिँदै जोनसनसँग आफूले सहकार्य गर्न चाहेको जनाउनु भएको थियो । हुन त अमेरिका र बेलायतबीच ब्रेक्जिटपछि सम्झौता गर्ने बिषयले यस पहिलेको मे सरकारसँग पनि चर्चा भएको थियो ।

तर ब्रेक्जिट प्रक्रिया पूरा हुनुपूर्व नै मेको विदाई हुनु र मे को कार्यकालको उत्तराद्र्धतिर ट्रम्प र मेबीच देखिएको खटपटसँगै नयाँ प्रधानमन्त्रीमा ट्रम्पले विश्वास गरेका पात्रले प्रवेश पाउनुले आगामी दिनमा अमेरिका–बेलायतबीच नयाँ व्यापार सम्झौताको सम्भावना बढेको छ । तर आर्थिकरूपमा शक्तिशाली अमेरिकाले बेलायतको भन्दा आफ्नो हितलाई सम्झौताको बिषय नवनाउला भन्ने आधारहरू निकै कम रहेका एक बेलायती अर्थशास्त्रीले बताएका छन् । व्यवसायिक पृष्ठभूमिबाट राष्ट्रपति आएका ट्रम्प र उहाँको ‘अमेरिका पहिला’ भन्ने नाराको प्रभाव बेलायतसँगको व्यापार सम्बन्धमा पनि देखिनु स्वभाविक हुनेछ ।  विभिन्न अन्तराष्ट्रिय समाचार संस्थाको सहयोगमा तयार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com