बेलायतमा घरपछाडि सुंगुर काट्ने दुई नेपालीलाई १६१० पाउण्ड जरिवाना


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

बेलायतमा घरपछाडिको बगैचामा सुंगुर काट्ने दुईजना नेपालीहरुलाई अदालतले जरिवानाको फैसला गरेको छ । उनीहरुलाई १६१० बेलायती पाउण्ड जरिवाना गरिएको हो ।

केशर राना र आशिष लिम्बुले पेनहिलमा घरको पछाडि लगेर सुंगुर काटेका थिए । उक्त सुचना प्राप्त गरेपछि वातावरणीय स्वास्थ्य अधिकारीहरु त्यहाँ पुगेर अनुसन्धान गरेका थिए । उनीहरुले त्यहाँ दुईवटा सिंगै सुंगुरहरु भेटाएका थिए । एउटा सुंगुर झिंगा भन्किएको अवस्थामा भेटिएको थियो ।

सुरुमा उनीहरुले ती सुंगुरहरु वेल्सको फार्मबाट काटेर ल्याएको बताएपनि पोष्टमार्टम गर्दा प्रमाणित तरिकाले काटेको नभेटिएको जनाइएको छ । मिडस्टोनको एउटा कार्यक्रममा भोजनका ला सुंगुर काटेको लिम्बु र रानाले स्वीकारेका छन् ।

अमेरिका, बेलायत लगायतका कैयन मुलुकमा बधशालाहरु बाहेक अन्य स्थानमा कुनै जीवजन्तु काटमार गर्न निषेध गरिएको छ । यस्तो हर्कत गर्ने नेपालीहरुबिरुद्ध स्थानीयबासीले सामाजिक संजालमा आक्रोश पोखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com