लगानीमा आधारित ग्रिनकार्डका लागि नोभेम्बरपछि १८ लाख डलर


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

लगानीका आधारमा ग्रिनकार्ड प्रदान गर्ने इबी फाइभ कार्यक्रममा अमेरिकी सरकारले कडाई गरेको छ । स्ट्याण्डर्ड न्यूनतम लगानी १० लाख डलर रहदै आएकोमा उक्त रकम बढाएर १८ लाख डलर बनाइएको छ ।

नयाँ नियम बुधबार फेडरल रजिस्टरमा प्रकाशित भएको छ । यसको कार्यान्वयन सन् २०१९ को नोभेम्बर २१ बाट हुनेछ ।

लक्ष्यीत रोजगारी क्षेत्रमा गरिने लगानी न्यूनतम ५ लाख डलर रहदै आएकोमा बढाएर ९ लाख डलर बनाइएको छ । युएससीआईएसले सुरुमा यो रकम बढाएर १३ लाख डलर बनाउने प्रस्ताव गरेपनि अहिले ९ लाख डलरमात्र कायम गरिएको हो ।

लगानीको थ्रेसहोल्ड हरेक ५ बर्षमा स्वत बढाइने जनाइएको छ । लक्ष्यीत रोजगारी क्षेत्र तोक्ने अधिकार अब युएससीआईएसमा मात्र हुनेछ । लक्ष्यीत रोजगारी क्षेत्र वेरोजगारी दर बढी भएको वा ग्रामिण क्षेत्र हुनेछ । नोभेम्बर २१ भन्दा अगाडि आवेदन दिनेहरुका सन्दर्भमा पुरानै नियम लागु हुने भएपनि नयाँ क्राइटेरिया पूरा नभएका रिजनल सेन्टरहरु नोभेम्बर २१ पछि अयोग्य हुनेछन् ।

कम्तीमा १० जना अमेरिकन कामदारहरुलाई रोजगार दिनेगरी ईबी फाइभ कार्यक्रम अन्तरगत लगानी गर्ने व्यक्तिले सपरिवार अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नसक्ने प्रावधान रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com