१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता २०२० को मे १ र २ मा मिशिगनमा


प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार

१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता अमेरिकाको मिशिगनमा हुने भएको छ । इस्टन मिशिगन युनिभर्सिटीमा सन् २०२० को मे १ र २ मा तेक्वान्दो प्रतियोगिता गर्न लागिएको हो ।

गतबर्ष पूर्वी नेपालको इटहरीमा दर्जन देशका ७ सय बढी खेलाडीको सहभागितामा १२ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो ।

हरेक २ बर्षमा हुने यो प्रतियोगिताका निर्देशक सन् २००० देखि ग्रयाण्डमास्टर दिवाकर डान महर्जन रहदै आएका छन् । प्रतियोगितामा विश्वभरका नेपाली तेक्वान्दो खेलाडीहरुका साथमा अन्य देशका तेक्वान्दो खेलाडीहरुले समेत भाग लिदै आएका छन् ।

यो प्रतियोगिता अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता पोर्टल्याण्ड अमेरिकाको मुख्य आयोजनामा हुदै आएको छ । आगामी प्रतियोगिता लभ गोर्खालीको संयोजकत्वमा हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com