अमेरिकामा अध्यागमन छापामा ३५ पक्राउ, अपरेशन क्रस चेकमा समातिए ८९९


प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार

हजारौंलाई देशनिकाला गर्ने भन्दै प्रचारित अध्यागमन छापमा अमेरिकामा जम्मा ३५ जना पक्राउ परेका छन् । पहिले नै देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेका २ हजार परिवारलाई निशाना बनाएर सुरु गरिएको छापामा ३५ जना पक्राउ परेको मंगलबार जानकारी दिइयो ।

उनीहरुमध्ये १८ जना पहिले नै देशनिकालाको आदेश पाइसकेका परिवारका सदस्यहरु रहेको जनाइएको छ । अरु १७ जना भने आइसको छापाका क्रममा छानविन गर्दा कागजपत्रविहिन रहेको पाइएपछि पक्राउ गरिएको थियो ।

आइसले देशब्यापी रुपमा विभिन्न स्थानमा छापा मारिएको जनाएपनि कहाँ कहाँबाट उनीहरुलाई पक्राउ गरिएको हो भन्नेबारे केही बताएको छैन । आइसले आफ्नो अपरेशन जारी राख्ने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपरेशन क्रस चेक नामको अपरेशनका क्रममा देशनिकालाको आदेश पाइसकेका ८९९ जनालाई पक्राउ गरिएको आइसले जनाएको छ । यो अपरेशन मे १३ देखि जुलाई ११ सम्म संचालन गरिएको थियो । पक्राउ परेकाहरुमध्ये ६०५ जना विभिन्न अपराधमा दोषी ठहरिएकाहरु र ६३ जना विचाराधिन आपराधिक मुद्दा रहेकाहरु थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com