समाजवादी पार्टी अमेरिकामा बिस्तार, एमाले र माओवादीको मिसावट कोदो र तोरीको जस्तै


प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार

सुरेश चाम्लिङ्ग

समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशोक राईले एमाले र माओवादीको एकता कोदो र तोरीको मिसावट जस्तोमात्रै रहेको बताउनुभएको छ । अमेरिकामा रहेको भातृ संगठन नेपाली समाज अमेरिकाको बिस्तारित भेलालाई बोस्टनमा सम्बोधन गर्दै नेता राईले कोदो र तोरी हेर्दा उस्तै भएपनि मिसावटपछि काम नलाग्ने भन्दै कोदो मात्र भए त्यसको रोटी वा ढिडो बनाउन मिल्ने र तोरी मात्र भए तेल निकाल्न सकिने भएपनि कोदो र तोरी मिसाएर न त तेल निकाल्न मिल्ने न त ढिडो पकाउन मिल्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो – ‘कोदो र तोरीको मिसावटको दुइ तिहाइ सरकारबाट नेपाली जनताले न रोटी न तेल नै पाउछन् । अर्थात बिकाश र समृद्धि यो सरकारबाट सम्भव छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संबिधान संशोधनको उदेश्यले प्रधानमंत्रीसंग दुइ बुंदे लिखित सम्झौता गरेर पार्टी सरकारमा गएको र त्यसको पालना नभए आफूहरु सरकारमा बस्नुको औचित्य नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संबिधानमा मौलिक हक सम्बन्धि धाराहरु अत्यन्त राम्रा छन् । तर पहिचान ,भाषा,धर्म जस्ता सवालमा यो संबिधानले विभेद गरेको छ । यो संबिधान चौराशी व्यंजनमा झिंगा परेको जस्तो भएको छ । संविधान संशोधन गरेर हिमाल पहाड तराइ सम्पूर्ण जनताको भावनालाइ समेट्नु आजको आवस्यकता हो । यसको नेतृत्व अब समाजवादी पार्टी गर्छ ।’

कार्यक्रममा समाजवादी पार्टी नेपालकी केन्द्रिय सदस्य शुशिला श्रेष्ठले विदेशमा बसेर दुख गरि रहनु भएका नेपालीहरुको आवाज नेपालमा सुनिने भन्दै आफ्नो गाउँघरतिरका व्यक्तिलाई पनि समाजवादी पार्टीबारे बुझाउन अनुरोध गर्नुभयो । कार्यक्रममा एनआरएनए अमेरिका पूर्व अध्यक्ष शिब कुमार राइ, नेपाली समाज न्युयोर्कका महासचिव लोक चेम्जोङ्ग, सदस्य केशव राम राई लगाएतले सम्बोधन गर्नु भएको थियो ।

भेलाले न्युहेम्प्शायर, म्यासाच्युसेट्स, कनेक्टिकट, भर्मन, मेनको समिति गठन गरेको छ । उक्त न्यु इंग्ल्याण्ड समिति सुरेश चाम्लिङ्गको अध्यक्षतामा गठन गरिएको हो । जसमा उपाध्यक्ष प्रकाश परियार, महा सचिव दिपक डंगोल, सचिव शेखर राई, सदस्यहरु चन्द्र राई, गीता श्रेष्ठ, भरत देवान लगायत रहनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com