अमेरिकाको न्युजर्सीमा हुने क्षेत्रीय सम्मेलनमा एनआरएनको १३ बर्षे इतिहासको समिक्षा गरिने


प्रकाशित मिति : भाद्र २, २०७३ बिहीबार

 

-मित्र काफ्ले

एनआरएन आईसीसीले हरेक दुई बर्षमा गर्ने क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सी राज्यको नेवार्क सिटीमा अगस्त महिनाको २७ र २८ तारिखमा गर्न सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

डबलट्री हिल्टन् होटलमा हुने सम्मेलनमा संसारभरी छरियर बसेका ७२ देशहरुबाट झण्डै ७ सय एनआरएनहरुको उपस्थीति रहने एनआरएन अमेरिकामा महासचिव तिलक श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलन सफलताका लागि एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक सोनाम लामाको संयोवकत्वमा १४ सदस्यीय मुल समिति र अन्य २० वटा उपसमिती गठन गरिएको छ । कार्यक्रमस्थल न्युयोर्क सहर नजिकै रहेकाले पनि नेपालीहरुको बाक्लो उपस्थीति हुने अनुमान गरिएको छ । भिजन २०२० एण्ड बियोण्ड भन्ने नारासहित हुने सम्मेलनमा एनआरएनको १३ बर्षे इतिहासको विस्तृत समिक्षा हुने एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमका लागि यतिबेला धमाधम दर्ता प्रकृया चलिरहेको छ । 

यसपटक सम्मेलनको मुख्य आकर्षणका रुपमा एनआरएन आईसीसी अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हिराचन, जिवा लामिछाने, बरिष्ठ उपाध्यक्ष भवन भट्ट, कुमार पन्त एवं नेपाली ब्यापारी विनोद चौधरीको समेत उपस्थीति हुने भएको छ ।

एनआरएन आईसीसीले यसपटकको क्षेत्रीय सम्मेलन एनआरएन क्यानडालाई गर्न अनुरोध गरेपनि छोटो समयमा क्षेत्रीय सम्मेलनको तयारीमा प्राविधिक कठिनाइ पर्न सक्ने भन्दै एनआरएन क्यानडाले एनआरएन अमेरिकालाई अनुरोध गरेको थियो । एनआरएन क्यानडाले क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि क्यानडाबासी सबै नेपालीहरुलाई अनुरोध समेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com