४ किलो आइस ड्रग्ससहित नेपालमा समातिए पोर्चुगिज नागरिक


प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोर्चुगिज नागरिक समातिएका छन् । मेन्डिज पेरिरा नाम गरेका पोर्चुगिज नागरिकलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले ४ किलो लागूऔषध आइस ड्रग्ससहित समातेको हो ।

विभिन्न बट्टामा फल्स बटम बनाएर ४ किलो ३ सय ८० ग्राम आइस एम्फिटामिन बोकेका नागरिकलाई शुक्रबार साँझ समातेको विमानस्थल प्रहरीले जनाएको छ । ७२०१२९२ नम्बरको राहदानी बाहक मेन्डिज पेरिरामाथि थप अनुसन्धान भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com