अध्यागमनले विवाहको जाँच गरिरहदा महिलाको मोबाइलमा दोश्रो पुरुषको यौनसम्पर्कको सन्देश आएपछि


प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार

अध्यागमन अधिकारीहरुले विवाहको वास्तविकता जाँच गर्नका लागि महिलाको मोबाइल चेक गरिरहँदा अचानक अर्कै पुरुषले अहिलेसम्मको उत्कृष्ट सहवास भन्दै मेसेज पठाएपछि एकजना लाइबेरियाका राष्ट्रिय खेलाडीले ग्रिनकार्डका लागि नक्कली विवाह गरेको खुलासा भएको छ । ग्रिनकार्डका लागि नक्कली विवाह गरेको खुलासा भएपछि लाइबेरियाका ३० बर्षिय प्रिन्स मार्क बोलेलाई यसैसाता अदालतले ५ बर्षको जेल सजाय र साढे २ लाख डलर जरिवानाको फैसला सुनाएको छ ।

अमेरिकाको रोढ आइल्याण्डमा अध्यागमन अधिकारीहरुले बोलेले विवाह गरेकी महिलालाई उनीहरुको विवाह वास्तविक भए नभएकोबारे प्रश्न सोधिरहेका थिए । त्यती नै बेला महिलाले अध्यागमन अधिकारीहरुलाई आफ्नो विवाह वास्तविक रहेको प्रमाणसहित फोन चेक गर्न दिएकी थिइन् । दुबैजना वास्तविक प्रेममा रहेको र विवाह पनि सही रहेको देखाउनका लागि अध्यागमन अधिकारीहरुलाई फोन चेक गर्न दिइएको थियो ।

जब अध्यागमन अधिकारीले फोन चेक गर्दै थिए, तब अचानक नयाँ मेसेज आयो । जसमा अहिलेसम्मकै उत्कृष्ट सहवास भएको जनाउँदै क्रिस नामका अर्कै पुरुषले महिलालाई मेसेज लेखेका थिए । उक्त मेसेज देखेपछि अध्यागमन अधिकारीले प्रश्न गरेपछि ती महिलाले बोलेसँगको विवाह वास्तविक नभएको स्वीकार गरेकी थिइन् ।

महिलाले बोलेसँग आफू सँगै नबसेको र शारिरिक सम्बन्ध पनि नराखेको बरु विवाह केबल ग्रिनकार्डका लागिमात्र भएको स्वीकार गरेकी थिइन् । बोले सन् २०१५ मा ६ महिनाको भिसामा अमेरिका आएका थिए । उनी सन् २०१४ को फिफा विश्वकपमा लाइबेरियाका तर्फबाट क्वालिफाइड खेल खेलेका थिए, जसमा लाइबेरियाले अंगोलासँग शुन्यकाबिरुद्ध ३ गोलले हारेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com