समाजसेवी लक्ष्मी शर्मा अमेरिकामा सम्मानित: सि एन एन हिरोको लागि प्रस्ताव


प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार

सान फ्रान्सिस्को 

नेपाल कि प्रथम टेम्पो चालिका,  महिला उद्धमी तथा  समाजसेवी लक्ष्मी शर्मा आज क्यालिफोर्निया अमेरिकाको रिच्मन्ड शहरमा सम्मानित हुनु भएको छ। सो अवसरमा अधिकांश सहभागीहरुले उहाँलाई सि एन एन हिरो बनाउने तर्फ पहल गर्न पर्ने धारणा राखेका छन। नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघले उहाँको उदाहारणिय प्रगती, योगदानको  लागि संयुक्त रुपमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो। थुप्रै थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड, पुरसकार र सम्मान प्राप्त शर्मा को यो पहिलो लाइफ्टाइम अचिभमेन्ट अवार्ड हो ।

करिव ३० हजारको हाराहारिमा नेपाली जनसँख्या भएको उत्तर क्यालिफोर्नियामा  भएको एक समारोहविच सम्म्मनित शर्माले आफ्नो संघर्षमय जीवनको गाथा सुनाउँदा उपस्थित सबै जना भाव विव्हल  भएका थिए। आयोजक संस्थाहरु नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघका अध्यक्ष मणी नेपाली पनेरु तथा उत्तम कुमार कार्की को संयुक्त सभापतित्वमा सम्पन्न सो समारोहमा आयोजकहरुको  तर्फबाट नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्निया कि निवर्तमान उपाधक्ष, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण कि पूर्व अधक्ष हेमा पनेरुले स्वागत मन्तव्य दिनु भएको थियो। आयोजक संस्थाले उहाँलाई सम्मान गर्न पर्ने कारण पुषटी गर्दै भनेको छ:  

 “लक्ष्मी शर्मा आज एक दन्त्य कथाकी पात्र झैँ हुनुभएको छ आज हामी सबैका लागि, प्रेरणाकी  एक अजश्र श्रोत बन्नु भएको  छ। कर्म गर फलको आशा नगर भने झैँ उहाँले जीवनमा धेरै बिघ्न बाधाको बाबुजूदसंघर्ष गरी नै रहनु भयो र आज उहाँ एक नारी सवलिकरणकी प्रतिक बन्नु भएको छ। उहाँ म यो बन्छु भन्ने  योजना राख्नु भएन तर आफूले रोपेका कर्म रुपी विरुवाहरुमा मलजल गर्दै रहनु भयो, स्याहार सुसारगर्दै रहनु भयो र आज ती विरुवाहरु  बिशाल रुखहरु बनेका छन जसले हजारौँ लाई  छाहारि दिएको छ बास दिएको छ जीवनको अर्थ दिएको छ। यसरी लक्ष्मी शर्मा आफैमा सफलताको कथा मात्र होइन, लाखौं संघर्षशील महिला पुरुषहरुको लागि मार्गदर्शक र प्रेरणा हुन सफल हुनुभएको छ विश्वभरका नेपालीहरुलाई बिबिध क्षेत्रमा सक्दो सहयोग पुर्याईरहेको नेपाल विश्व सहयोग संघ (NAGC ) तथा  पश्चिम अमेरिकाको १३ राज्यहरुको प्रतिनिधित्व गर्ने पश्चिम अमेरिका नेपाली महासंघ (WANA) ले संयुक्त रुपमा आज जुलाई १५, २०१९ मा    महिला उद्द्मी तथा सुप्रसिद्द समाजसेवी लक्ष्मी शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड   सहर्ष तथा सगौरव प्रदान गर्दछ”।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो अवसरमा आयोजक संस्थाका अधक्षद्वय मणी नेपाली पनेरु तथा उत्तम कार्किले संयुक्त रुपमा  लक्ष्मी शर्मालाई लाइफ अचिभमेन्ट अवार्ड बाट सम्मानित गर्नु भएको थियो। तत्पस्चात बिभिन्न संघ संस्थाका अधक्षहरु तथा प्रतिनिधिहरुले उहाँलाई खाता लगाएर सम्मानित गरेका थिए। सो अवसरमा नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्नियाका अध्यक्ष इश्वर सिटौला, नेपालीकम्युनिटी सेन्टर का अध्यक्ष यज्ञलाल श्रेष्ठ, एन आर एन  ए एन सि सिका उपाधक्ष सर्वज्ञ वाग्ले, सोही संस्थाका क्यालिफोर्निया च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ल, लायन्स इन्ट्र न्यास्नल डिस्ट्रिक 4C3  का  पूर्व गभर्नर राजेन थापा, वुद्द नेपाल पिस फाउन्डेसन का अध्यक्ष चीन काजी  श्रेष्ठ, कृयाटिभ नेपाल युथ अर्ग नाइजेसनका अध्यक्ष शसी प्रसाई, लाअञ्स क्लब अफ बर्क्ली अन्नपूर्णका अध्यक्ष गोविन्द शाही, लायन्स क्लब अफ बर्क्ली मकालु कि संस्थापक अध्यक्ष मन्हरा थापा बोगटी, लायन्स क्लब अफ शान्ता रोजा काष्ठमन्डप का अध्यक्ष नारायण सोम्नामे, बिकल्प फाउन्डेसन तथा लायन्स क्लब अफ बर्क्ली लाली गुराँसका संस्थापक अध्यक्ष निर्मल फुँयाल ले सम्मानित व्यक्तित्वलाई खाता लाएर सम्मान गर्नु भएको थियो। त्यसै गरी तामाङ को अपरेशन सोसाइटीका पूर्व अध्यक्ष कुमार डोङ, जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरकी अपसभापति लक्ष्मी केसी कार्की,  नेवा अर्गनाइजेसन का उपाधक्ष देवेन्द्र मास्के, एन डब्लु जि एन क्यालिफोर्निया च्याप्टरकी महासचिव लक्ष्मी खरेल, एन ए एन सि का पूर्व कोषाधक्ष नारायण पोखरेल, समाजसेवी कृष्णराज गिरी लगायत उल्लेख्य  सँख्यामा उपस्थित सामाजिक अगुवहाँरुले उहाँलाई खाता लाएर सम्मानित गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com