कोही यात्रु चाहन्नन् जहाजको बीचको सिट, यस्तो छ नयाँ डिजाइन


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

जहाजमा यात्रा गर्दा प्राय सबै यात्रुहरु बीचको सिटमा बसेर यात्रा गर्न चाहन्नन् । तर पनि बीचको सिटमा दायाँ र बायाँका यात्रुहरुबाट च्यापिएर यात्रा गर्नुपर्ने बाध्यता भने छँदैछ । बीचको सिटलाई जहाजमा सबैभन्दा असजिलो मानिन्छ ।

यही कुरालाई मध्यनजर गरेर जहाजका सिटमा नयाँ डिजाइन ल्याइएको छ । नयाँ डिजाइनका कारण यात्रुहरुले बीचको सिट रोज्नेमात्र नभई यात्रा गर्दा कम कठिनायीको अनुभव गर्ने अपेक्षा गरिएको छ ।

 

कोलोराडोमा रहेको स्टार्टअप कम्पनी एस वान डिजाइनले गरेको नयाँ डिजाइनमा छेउ र झ्यालतिरको सिटको तुलनामा बीचको सिट केही पछाडि र केही तल राखिएको छ । यसो गर्दा दायाबायाका यात्रुहरुसँग कुहिना जुझाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । बीचको सिट तीनदेखि पाँच इन्च फराकिलो समेत बनाइएको छ । सामान्यतया जहाजका सिटहरु १८ इन्च फारकिलो हुने गरेका छन् ।

सिटहरु छोटोदुरीका घरेलु उडानका लागि डिजाइन गरिएको भएतापनि लामो दुरीका अन्तर्राष्ट्रिय उडानका लागि समेत कम्पनीले सिटहरु विकाश गरिरहेको जनाइएको छ । यी सिटहरु गत महिना संघीय यातायात विभागले स्वीकृत गरिसकेको छ । सन् २०२० को मेदेखि अप्रिलसम्म कम्तिमा उत्तर अमेरिकाका दुईवटा एयरलाइन्सका विमानमा त्यस्ता सिटहरु उपलब्ध हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com