विप्लव माओवादीको महाधिवेशन शुरु


प्रकाशित मिति : फाल्गुन १, २०७३ आईतबार

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन आईतवबारदेखी सुरु भएको छ ।

खुलामञ्च राजधानीमा उदघाटनसत्र गरिएको छ भने माओवादीले बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने बताएको छ ।

उदघाटनसत्र सुरु हुनुअघि खुलामञ्चलाई केन्द्रित गरी काठमाडौंका तीन स्थानबाट जुलुससहितको र्‍याली निकालिएको थियो ।

उपत्यका र बाहिरबाट आएका कार्यकर्ताहरुलाई समेत समेटेर बबरमहल, कालीमाटी र लैनचौरबाट आएको र्‍याली शहिदगेटमा एकीकृत भएको थियो ।

त्यहाँबाट पार्टी महासचिव नेत्र बिक्रम चन्दको अगुवाईमा खुलामञ्च पुगेर सभामा परिणत भएको थियो  ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com