लण्डनको बसमा नेपालको प्रचार


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

विश्वको सांस्कृतिक राजधानीमध्येको एक मानिने लण्डनमा अहिले ६० वटा बसहरु नेपालको पर्यटन प्रवद्र्धनको पोष्टरसहित हुईकिरहेका छन् ।

नेपाल पर्यटन बोर्ड र बेलायतमा रहेको नेपाली दुतावासको सहकार्यमा लण्डनका बसहरुमा नेपालको प्रचारसहितका पोष्टरहरु लगाइएका हुन् ।

लण्डनका मुख्य मुख्य स्थानहरु पार्लियामेन्ट स्क्वायर, वेष्टमिनिस्टर लगायतका स्थानमा जाने राता बसहरुमा नेपाल लाइफटाइम एक्सपेरियन्सेज लेखेका पोष्टरहरु लगाइएको छ । नेपालका हिमाल र संस्कृति झल्किने तस्वीरसहितका यस्ता पोष्टरहरुले बेलायतमा बस्ने नेपालीहरुलाई पनि रोमाञ्चित बनाएको छ ।

यसअगाडि नै लण्डनका ट्रेन स्टेशनमा नेपाल झल्किने पोष्टरहरु लगाइएको थियो । एउटा गल्तीका कारण केही आलोचना खेप्नु परेपनि भ्रमणबर्ष २०२० को प्रवद्र्धनका लागि लगाइएका ती पोष्टरहरुले सकारात्मक सन्देश दिन सफल भएको छ ।

फोटो :  लेक्सलिम्बु डटकम

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com