चन्दलाई आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


प्रकाशित मिति : फाल्गुन १, २०७३ आईतबार

सरकारले प्रहरी प्रमुखमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने गरेको निर्णय चार घण्टा पनि बित्न नपाउँदै फेल खाएको छ ।

सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नायव महानिरीक्षक चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

तर, त्यसको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ ।

अधिवक्ता भीमार्जुन आचार्यका अनुसार विपक्षीलाई झिकाउन पनि आदेश दिइएको छ । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सरकारले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

तर, त्यसको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ ।

अधिवक्ता भीमार्जुन आचार्यका अनुसार विपक्षीलाई झिकाउन पनि आदेश दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com