बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

8’jfgdf k/]sfsf] påf/ bfªsf] u8jf ufpFkflnsf –%, af]lwk’/sf %) 3/ kl/jf/ /fKtL gbLsf] 8’jfgdf k/]kl5 :yfgLonfO{ ;’/lIft :yfgtkm{ n}hfFb} ;’/IffsdL{ . tl:a/M /Ltf nfdf

मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ ।

बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ । आफ्ना तालीम प्राप्त स्वयंसेवकबाट प्रभावितका खोज, उद्धार तथा राहत वितरणका साथ प्रभावितको तथ्याङ्क सङ्कलन कार्य द्रुतरुपमा जारी रहेको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिनुभयो ।

तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार ६६२ तारपोलिन तथा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिसकिएको र वितरण कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा ३७४ जना तालीम प्राप्त तथा अन्य स्वयंसेवक परिचालन भइरहेको छ ।

प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रुत सर्वेक्षण जारी रहेको छ । ती जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्यका एक÷एक जना विशेषज्ञले काम गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन पानी शुद्धीकरण र सर्पदंशबाट बच्ने उपायका बारेमा सन्देश प्रभाव गर्ने कार्य जारी रहेको सोसाइटीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com