ट्रम्पको अध्यागमन छापामा अधिकांश अमेरिकीको समर्थन


प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन छापामा अधिकांश अमेरिकी मतदाताहरुले समर्थन जनाएका छन् । देशनिकालाको आदेश पाइसकेका अमेरिकामा रहेका कागजपत्रविहिनहरुलाई पक्राउ गरेर फिर्ता पठाउनका लागि सुरु गरिएको अध्यागमन छापामा अधिकांश अमेरिकी मतदाताले समर्थन जनाएका हुन् ।

पोलिटिकोले गरेको एउटा सर्वेक्षणमा ५१ प्रतिशतले अध्यागमनको छापाप्रति समर्थन जनाएका छन् । ३५ प्रतिशतले भने यस्तो छापाको विरोध गरेका छन् । रिपब्लिकन मतदाताहरुमध्ये ८५ प्रतिशतले छापाको समर्थन गरेका छन् भने २९ प्रतिशत डेमोक्र्याट्सहरु पनि छापाका पक्षमा छन् ।

सर्वेक्षणमा ४५ प्रतिशतले अमेरिकामा अध्यागमन संकट रहेको बताएका छन् । जसमध्ये ७६ प्रतिशत रिपब्लिकन र ४४ प्रतिशत डेमोक्र्याटहरु रहेका छन् ।

सर्वेक्षण गत जुलाई १२ देखि १४ सम्म अनलाइनमार्फत गरिएको थियो । जसमा १९८४ जना अमेरिकी मतदाताहरुले भाग लिएका थिए । सर्वेक्षणमा २ प्रतिशत त्रुटीको मार्जिन राखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com